एमालेबाट मेयरमा मानबहादुर जिसी र उपमेयरमा मन्जु गुरुङ उम्मेदवार


पोखरा – पोखरा लेखनाथ उपमहागनरपालिकाको मेयरमा मानबहादुर जिसी र उपमेयरमा मन्जु गुरुङ उम्मेदवार बनेका छन् । नेकपा एमालेको सोमबार बसेको स्थायी समिति बैठकले जिसी र गुरुङलाई मेयर र उपमेयर बनाउने निर्णय गरेको हो ।

यसअघि उम्मेदवार चयनमा सर्वसम्मत चयन गर्न नसक्दा आन्तरीक मतदान मार्फत उम्मेदवारका छनोट गरि नाम केन्द्रमा सिफारिस गरेको थियो । मेयरमा ९ जनाको उम्मेदवारी परेपछि गरिएको आन्तरीक निर्वाचनमा जिसीले २ सय ४६ मत ल्याएका थिए भने कृष्ण थापाले २ सय २१ मत ल्याएपछि मेयरका लागी जिसी र थापा सहित महिलामा मित्रकुमारी सुवेदीको नाम सिफारिस भएको थियो । त्यस्तै उमेयरमा ६ जनाको उम्मेदवारी परेको थियो भने गुरुङले दोश्रो नम्वरमा मत पाएकी थिईन् ।

mm

मेयरका उमेदवार जिसी केन्द्रिय समितिका बैकल्पिक सदस्य एबं पूर्व जिल्ला अध्यक्ष हुन् । उनी पार्टीको जिल्ला इन्चार्ज पनि हुन् । जिसी यसअघि सुकुम्वासी समस्या समाधान आयोग कास्कीका अध्यक्ष समेत भएका थिए । उनी साविकको कालिका गाविसका पूर्व अध्यक्ष र गाउँ विकास समिति महासंघका पूर्व केन्द्रिय सदस्य पनि हुन् ।

उप मेयरकी उमेदवार गुरुङ अखिल नेपाल महिला संघ कास्कीको अध्यक्ष एबं जिल्ला कमिटिको सदस्य हुन् ।