वढि शुल्क लिएका कास्कीका ६ वटा निजि स्कुलहरुमा विद्यार्थी संगठनको तालावन्दि


पोखरा – कास्कीका पाँच विद्यार्थी संगठनले कास्कीका केही निजि स्कूलहरुमा अनुगमन गरी वढि शुल्क लिएका निजि स्कूलहरुको आर्थीक साखामा तालावन्दि गरेका छन् । अनेरास्ववियु, नेविसंघ, अखिल छैठौं, अखिल कान्तीकारी, अनेरास्ववियु कान्तीकारीको केन्द्रीय कार्यक्रम अन्तर्गत विद्यालयमा तालाबन्दी गरिउको अनेरास्बवीयु कास्कीका अध्यक्ष सेखर गौतमले बताएका छन् ।

केन्द्रिय अन्दोलन अन्तर्गतको यो तेस्रो दिनको आन्दोलनमा कास्कीका ६ वटा निजि स्कुलहरुमा तालावन्दि गरिएको हो । जसमा शिशु निकेतन विरौटा, फिस्टेल एकेडेमी विरौटा, मदरल्याण्ड मासबार, ह्यापी बोडिन मासवार, कुम्दीनिहोम्स् गैहरापाटन, प्रगति स्कुलमा तालाबन्दी गरिएको छ ।

अन्य स्कूलहरुले स्वघोषित शुल्क फिर्ता नगरे तत्काल ठाउँको ठाउँ कारवाही गरीने गौतमले वताएका छन् । मंगलबार शिक्षा कार्यालयमा ज्ञापन पत्र बुझाएर धर्ना दिएको थियो भने भोली प्याप्सन र एन प्याप्सको कार्यलयमा तालावन्दी गरीने जनाएको छ । भोलिका दिनमा हुने हरेक आन्दोलनमा सहयोग गरीदिनु हुनका निम्ती आम अभिभावकहरुलाई सँयुक्त वैठकले आवान गरेको छ ।