पोखराको वडाध्यक्ष बन्न कांग्रेसमा दौड, कांग्रेस र एमालेमा मेयर छान्न भने मुस्किल


पोखरा- वैशाख ३१ मा हुने चुनावका लागि उम्मेदवार तय गर्ने प्रक्रियालाई राजनीतिक दलहरुलै तीव्र बनाएका छन् । केही दलहरुले सर्वसम्मत रुपमा वडा र गाउँपालिका तथा महानगरमा उम्मेदवार छनौट गरेको बताएपनि प्रमुख ३ दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले भने अझैसम्म मख्य पदहरुमा उम्मेदवारी तय गर्न सकेका छैनन् । सबै दल आन्तरिक गृहकार्यमा रहेको बताइन्छ ।

नेपाली कांग्रेसको तर्फबाट पोखरा लेखनाथ महानगरपालिकाका ३३ वटा वडा मध्ये २ वटा वडामा वडाध्यक्षसहित सदस्यका उम्मेदवारको चयन भएपनि अन्य वडाबाट नाम सिफारिस गरि पठाउनेक्रम शुरु भएको छ । वडाध्यक्ष पदमा धेरैजना आकांक्षी भएपछि सर्वसम्मत उम्मेदवार चयन गर्न कठिनाइ परेको कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसबाट वडा नं. १ मा पुरुषोत्तम श्रेष्ठ, टंकनाथ पौडेल, गंगाबहादुर गुरुङ, माधव प्रसाद पराजुली, अमृत श्रेष्ठलगायतले वडाध्यक्ष बन्ने चाहना गरेका छन् । सोही वडाकी महिला संघकी जिल्ला सचिव समेत रहेकी सीता गुरुङले वडाध्यक्षमा भन्दा महानगरको उपमेयरमा चाहना गरेकी छन् । तर वडामा सर्वसम्मत उम्मेदवार चयन हुन नसके आफू वडाध्यक्षको रुपमा उम्मेदवारको रुपमा प्रस्तुत हुने गुरुङको भनाइ छ ।

कांग्रेस पोलेमनपा वडा नं. २ मा सुरेन्द्रमान विजुक्छे, रामेश्वर मल्ल, अर्जुन भारी, विजया चञ्चला रेग्मी र अरुण कायस्थको दावी छ । यसैगरी वडा नं. ३ मा रविन्सन प्रजू, उमेश पराजुली, प्रकाश उदास र महेन्द्र पुन तथा वडा नं. ४ मा नारायण कोइराला, राजेन्द्रबहादुर कोइराला, शंकर कोइराला, देवकृष्ण पराजुली, गोविन्द पराजुली र लेखनाथ पराजुली लगायतको वडाध्यक्ष पदमा दावी छ । वडा नं. ४ बाट नगर सदस्यमा निर्वाचित भएर काम गरीसकेकी शकुन्तला कोइरालाले वडाध्यक्षको दावी छाडेपछि उपमेयरमा दावी गरेकी छन् । यसैगरी वडा नं. ५ मा फणिन्द्र पराजुली, रामजी प्रसाद कोइराला, विजयालक्ष्मी कोइराला, प्रमोद कोइराला, विन्दु कोइराला सुवेदी, भरत पौडेल र दुर्गाबहादुर सुनार र धनबहादुर नगरकोटी लगायतले वडाध्यक्ष पदमा चाहना गरेका छन् । भने पोखरा–६ मा जगतबहादुर पहारी, लक्ष्यबहादुर भट्टराई र बलराम गिरी, वडा नं. ७ मा शोभाचन्द्र बराल, सरोजनारायण बराल, विष्णुहरि बराल, नविन बरालका साथै वडा नं. ८ मा शारदा गिरी र सुवास सिग्देलले चाहना गरेका छन् ।

यसैगरी पोखरा–९ मा उमा ठकुरी, राजेन्द्र पहारी, दीपेन्द्र मर्सानी, रामराज लामिछाने र जगत केसी, श्रीप्रसाद कोइरालाले वडाध्यक्ष पदमा चाहना गरेका छन् । तर वडा नं. १० मा भने राजकुमार गुरुङ कांग्रेसको तर्फबाट सर्वसम्मत उम्मेदवार बनेको बताइन्छ । कांग्रेसको तर्फबाट पोखरा–११ मा मोहन बाँस्तोला, टीकाराम बाँस्तोला, बोधराज घिमिरे, हरि आचार्य र राजेश गुरुङ तथा पोखरा–१२ मा कृष्ण कोइराला, रामबहादुर कार्की, राधेश्याम कोइराला, वडा नं. १३ मा राम बराल, अर्जुन सिग्देल, सूर्य बराल, रामकुमारी पौडेल, दीपक गुरुङ र भीमकाजी गुरुङले चाहना गरेका छन् ।

यसैगरी कांग्रेस पोखरा–१४ मा बोधराज कार्की, बोधराज बराल, बलराम कुँवर, गोकर्ण कार्की, रामचन्द्र पोखरेल र विष्णु कार्की, पोखरा–१५ मा टोपबहादुर थापा, सुशिलराज पराजुली, डम्बरबहादुर बानियाँ, मीनबहादुर गिरी, माधव गौतम, चिरञ्जीवि बराल, पुष्पराजु पराजुली र वर्षाकेशव पराजुली लगायते चाहना गरेका छन् ।
कांग्रेस पोखरा १६ मा पदमसिंह गुरुङ, हुमबहादुर बानियाँ, दीनानाथ आचार्य, दीपक भट्टराई र पुष्पराज तिमिल्सिना तथा वडा नं. १७ मा पुण्डरी बराल, देवी आचार्य, श्याम भण्डारी, मुक्तिराम भण्डारी, कोपिला तिवारी, डिआर भट्टराई र माधव बरालको चाहना छ । यसैगरी कांग्रेस पोखरा १८ बाट भरत थापालाई वडाध्यक्षको उम्मेदवार बनाइने भएको छ भने वडा नं. १९ मा पुष्पेन्द्र पाण्डे, दुर्गा बाँस्तोला, भरत अचार्य र रमेश थापा, वडा नं. २० को वडाध्यक्षमा महेन्द्र अधिकारी, तोरणबहादुर गुरुङ, सूर्यबहादुर थापा र चोलेन्द्र पौडेलले चाहना गरेको बताइन्छ ।

यसैगरी वडा नं. २१ मा केवल गिरी, रघुनाथ पराजुली र दुर्गा थापा, वडा नं. २२ मा राजबहादुर गुरुङ र प्रकाश बराल, वडा नं. २३ मा भेषराज पराजुली, रामकाजी गुरुङ, पदमबहादुर गुरुङ, विष्णु पराजुली, लक्ष्मीराज पौडेल, गोपाल पराजुली, वडा नं. २४ मा दुर्गा तिमिल्सिना, भरत अधिकारी, पदम वस्ताकोटी, वडा २५ मा दानबहादुर थापा, तुलाराम पोडेल, धनबहादुर थापा, प्रकाशचन्द्र सापकोटा, माधवशरण बास्ँतोला, डिल्लराम पौडेल, नीलकण्ठ पौडेल, ऋषिराम पौडेल र दयाराम बाँस्तोला र २६ मा देवेन्द्र रानाभाट, नरेन्द्र थापा, डम्बर थापा, गिरीराज गौतम र मुरारी शर्माको चाहना छ । वडा नं. २७ मा पूर्ण गुरुङ, सुरजजंग राणा, तारा गुरुङ, भानुभक्त लामिछाने र सन्दीप पौडेलले वडाध्यक्ष पदको उम्मेदवार बन्ने चाहना गरेपनि वडा नं. २८ मा भने विकास गुरुङको नाममा सहमति भइसकेको बताइन्छ।

कांग्रेसको पोखरा–२९ मा दीपकमणि भण्डारी, झपिन्द्रराज आचार्य, रामबाबू भण्डारी, सोमप्रसाद श्रेष्ठ, विश्वराज लामिछाने, कुमार सुनार, पोखरा–३० मा दुर्गा सुवेदी, विश्वमोहन पौडेल, प्रेमकुमार श्रेष्ठ, धनेश्वर न्यौपाने र दिनेश पौडेलका साथै वडा नं. ३१ मा तारामणि घिमिरे, ढकानाथ कंडेल, मुरारी कोइराला, कर्णबहादुर दूरा र ध्रुव अधिकारीको नाम चर्चामा छ । यसैगरी कांग्रेस पोखरा–३२ मा कूल प्रसाद अधिकारी र डोलराज पण्डित तथा वडा नं. ३३ मा केशर निर्दोषी, गुरु प्रसाद पौडेल, रामचन्द्र पौडेल, सरोज अधिकारी, विष्णु पौडेल, भोजराज आचार्य, दिनेश आचार्य र कृष्णप्रसाद अधिकारी लगायतले वडाध्यक्षको उम्मेदवार बन्ने चाहना गरेका छन् ।

कांग्रेस र एमालेमा मेयर छान्नै मुस्किल

स्थानीय तहको निर्वाचन अन्तर्गत पोखरा लेखनाथ महानगरको मेयर र उपमेयर पदमा मुख्य प्रतिष्पर्धी कांग्रेस र एमालेलाई उम्मेदवार छनौट गर्न हम्मे–हम्मे परेको छ । कांग्रेसमा आकांक्षीहरुको संख्या धेरै देखिएको भएपनि उनीहरुलाई मिलाउन र उम्मेदवारको छनौट गर्न सार्थक प्रयास हुन सकेको छैन । कांग्रेसबाट मेयरको आकांक्षा गर्नेहरुमा रामजी कुँवर, बाबुराम आचार्य, ऋषि काफ्ले, विन्दुकमार थापा, विरेन्द्रनारायण विजुक्छे, अशोक पालिखे, वजिरमान श्रेष्ठ, नन्दप्रसाद तिवारी र ऋषि सापकोटा, कृष्ण कार्की, विष्णु बाँस्तोला लगायत रहेपनि पछिल्लो समय आकांक्षीहरुमध्ये केहीको चाहना बढेको र केहीले आफूले टिकट पाउने सम्भावना नरहेको भन्दै पछि हटेको बताइन्छ ।

आनन्दराज मुल्मी, महादेव गुरुङ, देवराज चालिसे लगायतले आफूहरु उम्मेदवार नबन्ने संकेत दिइसकेका छन् भने रामजी कुँवर, अशोक पालिखे, ऋषि काफ्लेले यतिबेला टिकट लिने दौडलाई तीव्र पारेका छन् । कुँवरले आफू ट्रेड युनियन कांग्रेसमा लामो समयदेखि सक्रिय रहेको र पार्टीमा पनि महाधिवेशन प्रतिनिधि भएकाले आफ्नो दावी स्वभाविक रहेको बताएका छन् । अर्का आकांक्षी काफ्लेले आफू नेपाल तरुण दलको जिल्ला अध्यक्षमात्र नभइ केन्द्रीय सदस्य र पार्टीको महाधिवेशन प्रतिनिधि भएर काम गरेकाले पोखरा लेखनाथ महानगरभित्र आफ्नो राम्रो सम्पर्क र प्रभाव रहेको बताउँछन् । यसैगरी पालिखेले आफू पार्टीको जिल्ला कोषाध्यक्ष भएर काम गरेकोले मात्र नभइ पोखरा उद्योग वाणिज्य संघमा २ कार्यकाल अध्यक्ष भएर तथा पोखरा उपत्यका नगर विकास समितिको समेत अध्यक्ष भएर काम गरेकाले नगर क्षेत्रको विकासका लागि आफू योग्य रहेको बताउछन् । नेपाल सरकारका पूर्व सचिव बाबुराम आचार्य र पूर्व वडाध्यक्ष विरेन्द्रनारायण विजुक्छे समेत उम्मेदवार आफूले पाउने दावी गर्दै आएका छन् ।

नेकपा एमालेभित्र पनि महानगरको मेयर को बन्ने भन्ने अन्यौल कायम छ । कृष्ण थापा, मानबहादुर जिसी, श्रीनाथ बराल, राजीव पहारी, भरतराज पहारी, रविन्द्र अधिकारी, सोमनाथ प्यासी र खगराज अधिकारी लगायतको नाम चर्चामा आएपनि कृष्ण थापा, मानबहादुर जिसी र श्रीनाथ बरालमध्ये १ जना मेयरको उम्मेदवार सम्भावना बढी छ । थापा हाल पार्टीको जिल्ला अध्यक्ष रहेको र २०६९ को संविधानसभा निर्वाचनमा उम्मेदवार बनेकोलेमात्र नभइ तत्कालिन पोखरा उप–महानगरपालिकाको प्रमुख समेत भएर काम गरेकाले उनलाई धेरै अवसर प्राप्त भएको भन्दै आलोचना शुरु भएको छ । त्यसोत जिसी पनि अघिल्लो संविधानसभा निर्वाचनमा उम्मेदवार बनेको, अहिले पार्टीमा मनोनित वैकल्पिक केन्द्रीय सदस्य भएको र यसअघि एमाले सरकारमा रहँदा सुकुम्वासी समस्या समाधान आयोगको अध्यक्ष समेत भएर पार्टीको तर्फबाट काम गरेको भन्ने गरिएको छ ।