म्याड्रिडबासी नेपालीहरु नयाँ बर्षमा रमाए


बार्सिलोना/ गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको क्षेत्रीय समिति म्याड्रिडले नयाँ बर्ष बिशेष कार्यक्रम सम्पन्न गरेको छ। बिभिन्न सामाजिक कामहरुमा समेत सक्रिय हुँदै आएको क्षेत्रीय समिति म्याड्रिडले नेपाली नयाँ बर्षको उपलक्ष्यमा शुभकामाना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरको हो।

गैरआबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद स्थित महिला फोरम उपसंयोजक रजनी प्रधानको प्रमुख आतिथ्यतामा आईतबार सम्पन्न कार्यक्रममा म्याड्रिडबासी नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो।17973992_1516308718403283_897832533_nस्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको कार्यक्रममा म्याड्रिडबासी नेपालीहरु शुभ-कामाना आदानप्रदान सहित सांगीतिक माहोलमा रमाएका थिए।

क्षेत्रीय समिति म्याड्रिडका अध्यक्ष रोशन पाठकको अध्यक्षता सम्पन्न कार्यक्रममा गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य एकराज गिरी लगायत समितिका प्रतिनिधिहरुले शुभकामाना ब्यक्त गरे। राजधानी म्याड्रिडमा सम्पन्न कार्यक्रममा नेपाली कला र सस्कृति झल्कने प्रस्तुतिहरु कलाकारले प्रस्तुत गरेका थिए।