कास्कीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना


पोखरा – बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्कीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । जिल्ला समन्य कार्यालय कास्कीको कार्यालय भित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो । कार्यालयको कार्यालयका सहायक मुख्य निर्वाचन अधिकृत खुम प्रसाद भण्डारीले बोर्ड राखेर सुरुवात गरे ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको कार्यभर सम्पन्न गर्ने कार्यादेशसहित जिल्ला न्यायाधिशलाई मुख्य निर्वाचन अधिकृत तोकि कार्यालय संचालनमा ल्याउने छ । कास्कीमा निर्वाचन कार्यालयले कास्कीका चार गाउँ पालिका र महानगरमा निर्वाचन अधिकृत तोकी सकेको थियो । कास्कीको मुख्य निर्वाचन अधिकृतमा नागेन्द्रलाल कर्णलाई तोकेको छ । जिल्ला अदालत कास्कीका मुख्य न्यायाधिस कर्ण मुख्य निर्वाचन अधिकृत र पोखरा लेखनाथ महानगरपालिकाको तोकेका छ ।

त्यसै गरि कास्कीको अन्नपुर्ण गाउँपालिकामा निर्वाचन अधिकृतमा उच्च सरकारी वकिलको कार्यालयका उपन्याधिवक्ता योगनाथ ढकाललाई तोकेको छ । माछापुच्छे गाउँपालिकामा जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्याधिवत्ता गंगाप्रसाद पौडेललाई तोकेको छ । त्यसै गरि मादी गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय कास्कीका साहेक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल र रुपा गाउँपालिकामा आन्तरीक राजस्व कार्यालयका उपसचिब लेखनाथ शर्मालाई तोकेको छ ।

आज ३ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, १२ गते निर्वाचन अधिकृतहरुका कार्यालय स्थापन गर्ने, १६ गते उमेद्वारी दर्ता गर्ने र १९ गते चुनाव चिन्ह सहित उमेद्वारको अन्तिम नामावाली प्रकासन गर्ने कार्यतालिका रहेको क्षेत्रिय निर्वाचन कार्यालक पोखराका प्रमुख गंगालाल सुबेदीले जानकारी दिए ।