पाँच लायन्स क्लबको संयुक्त चार्टर प्रीजेन्टेसन सम्पन्न


पोखरा । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ बि १ का एकै पटकमा पाँच वटा लायन्स क्लबहरुको चार्टर प्रीजिन्टेसन कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

सो अबसरमा डिस्ट्रीक्ट गवर्नर बालकृष्ण बुर्लाकोटिले लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनका अध्यक्ष हरिबहादुर भाट, पिस सम्पदाका अध्यक्ष अर्जुन ढकाल, गतिशील मन्जरीकि अध्यक्ष भागिरथी सुवेदी र हेरीटेजका अध्यक्ष सोबित पौडेल लगाएत चार्टर मेम्बरलाई प्रमाणपत्र र क्लबको चार्टर पिन प्रदान गरेका थिए ।

उक्त कार्यक्रममा चार्टर क्लबका अध्यक्षहरुले स्थापनादेखि हालसम्म आआफ्नो क्लबले गरेका गतिविधि तथा आगामी दिनमा गर्ने कार्यको प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा पिएमसिसी दिपक श्रेष्ठ, आइपिडिजी ध्रुव थापा, इलेक्ट डिस्ट्रीक्ट गभर्नर धनराज आचार्य, जोन चियर पर्सन बिनोद ढुंगाना, चिफ एम्बेस्डर अफ गभर्नर बिश्वेश्वर आचार्य, को चिफ एड्भाइजर मनबहादुर रोकाले शुभकामना व्यक्त गरेका थिए ।

सो अबसरमा लायन्स क्लब अफ पोखरा पिस चौतारीका अध्यक्ष दिपेन्द्र शर्माले ध्वजाको अभिबादन र स्वागत लायन्स क्लब अफ पोखरा गतिशीलका अध्यक्ष बेबाराज गिरिले गरेका थिए ।

लायन्स क्लब अफ पोखरा सेन्ट्रलका अध्यक्ष केदारनाथ भट्टराईको अध्यक्षता भएको कार्यक्रमको संचालन प्रेमप्रसाद ढकालले, धन्यवाद ज्ञापन पोखरा पिस सिभिकका अध्यक्ष लक्ष्मण श्रेष्ठले गरेका थिए ।