जनसम्पर्क समिति डेनमार्कले ब्याडमिन्टन प्रतियोगीता गर्दै


कोपनहेगन ।
खेलकुदको माध्यमबाट विदेशमा भएका नेपालीहरुको आपासी भाइचारा बृद्धी गर्ने उद्धेश्यले खेलकुद प्रतियोगीता गर्दै आएको नेपाली जनसम्पर्क समिति डेनमार्कले यस वर्ष पनि ब्याडमिन्टन प्रतोयोगीता गर्ने भएको छ ।

यहि आँउदो अप्रिल २२ शनिबार र २३ आइतबारका दिन  “दोश्रो जसस ब्याडमिन्टन प्रतियोगीता- २०१७”  को आयोजना गर्न लागिएको नेपाली जनसम्पर्क समिति डेनमार्कका अध्यक्ष विरेन्द्र सिंह कार्कीले बताए । आपसी भाइचारा वृद्धि गर्न र व्यस्त जीवनबाट केहि समय भए पनि खेलकुदलाइ समय दिने दाजुभाइहरुको लागि प्रतियोगीता आयोजना गर्न लागिएको पनि उनले बताए ।   यसैगरी महामन्त्री यादव बस्नेतले जानकारी दिए अनुसार प्रतियोगीतामा विधार्थीहरुको लागि सहभागीता शुल्कमा विशेष छुटको व्यबस्था गरिएको छ ।

सहभागीहरुले नाम दर्ता गरिरहेका र अझै आउने क्रम जारी रहेको खेलकुद संयोजक कृष्ण गिरिले जानकारी दिए । उनले बताए अनुसार विगतको वर्ष भन्दा यो पटक धेरै सहभागी हुने र खेल कार्यक्रम बढी रोचक हुने छ ।

सहभागी हुन चाहनेहरुले सम्पूर्ण डेनमार्कबासी नेपाली खेलाडीहरुलाई दर्ता प्रक्रिया पुरा गर्नुहुन जनसम्पर्कले समितिले  हार्दिक अनुरोध समेत गरेको छ । यसरी योजना हुने खेल प्रतियोगीताहरुमा नेपाली साथीभाई अनि दिदीबहिनीहरुको  भेटघाट हुने र जसले  आपसी सदभाव बृद्धी हुने समेत देखिएको छ ।