ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं – आज बिहीबार प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले सरकारले ल्याएको नयाँ संशोधन विधेयकप्रति मधेसी मोर्चा असन्तुष्ट बनेको र उसले निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको खबर लेखेका छन् । आर्थिक वर्ष २०७२/७३ मा बेरुजु ह्वात्तै बढेको विषयलाई पनि आजका पत्रपत्रिकाहरुले प्राथमिकताका साथ ‘कभरेज’ गरेका छन् ।

आजको गोरखापत्र दैनिकले सरकारले व्यवस्थापिका संसद्मा पेश गरेको नयाँ विधेयक पनि मधेसी मोर्चाले अस्वीकार गरेको लेखेको छ । गोरखापत्रमा चुनावलाई चीनको सहयोगदेखि १६३ वर्ष पुरानो कानुन विस्थापित हुन लागेकोसम्मका खबर छापिएको छ ।

नयाँ पत्रिका दैनिकले चुनाव बहिष्कार गर्ने मधेसी मोर्चाको निर्णयलाई मुख्य खबर बनाएको छ । एक वर्षको बेरुजु ९७ अब ४४ करोड बढेको र साझाले समयमै पाठ्यपुस्तक छपाई नगर्दा यस वर्ष पनि पाठ्यपुस्तक अभाव हुने अवस्था सिर्जना भएको नयाँ पत्रिका दैनिकले लेखेको छ ।
कान्तिपुर दैनिकले मधेसवादी ६ दलको एकता तयारी भइरहेको जनाएको छ ।

नागरिक दैनिकमा ह्वात्तै बेरुजु बढेकादेखि मधेसी मोर्चा झनै कठोर बनेकासम्मका खबर छापिएका छन् । नागरिक दैनिकले नै ‘यस्तो छ राजधानी प्रदूषणमुक्त कार्ययोजना शीर्षकको अर्को खबरलाई पनि पहिलो पृष्ठमा प्राथमिकताका साथ छापेको छ ।

अन्नपूर्ण पोस्ट दैनिकले उपत्यका वायु प्रदूषणको विषयलाई मुख्य खबर बनाएको छ ।

राजधानी दैनिकले ‘मोर्चा नआए पनि ३१ वैशाखमै निर्वाचन’ शीर्षक दिएर मुख्य खबर छापेको छ ।
5
1
4
3
2