रियल म्याड्रिड र वायर्न म्युनिखको भिडन्त आज


स्पेन/रियल म्याड्रिड र वायर्न म्युनिख क्वाटरफाइनलअन्तर्गत पहिलो लेगका आज राती प्रतिस्पर्धा गर्दै छन्।म्युनिखको एलियाञ्ज एरिनामा हुने पहिलो खेलमा म्युनिख क्रिस्टियानो रोनाल्डो र म्याड्रिडलाई रोबर्ट लेवान्डोस्कीको बचाउ अभियानमा लाग्ने देखिएको छ।

क्रिस्टियानो रोनाल्डो, गारेथ बेल र करिम बेन्जेमालाई अगाडि उतार्ने तयारी गरेका जिदानको रणनीतिसँग म्याड्रिडका पुर्ब प्रशिक्षक रहेका कार्लोस एन्सेलोटी पूर्ण परिचित भएको हुँदा पनि वायर्न जसरी पनि खेल आफ्नै पोल्टामा पार्ने रणनीतिमा छ।

यद्दपी फुटबल पण्डितहरु मिडफिल्डमा इस्कोको भूमिका प्रभावशाली देखिएको हुँदा जिदानलाई ४–४–२ को फर्मेसनमा उतार्न सके राम्रो नतिजा हुने टिप्पणी गरिरहेका छन्।

जर्मनीका गोलरक्षक मानुअल नेउरको खुट्टाको सामान्य सल्यक्रियापछि १० दिन अगाडि मात्र खेलमा फर्किएको भए पनि एन्सेलोटीको पहिलो रोजाई नै हुने सम्भावना छ। ईटलीमा युभेन्टससँग ३-० को हार स्पेनिस टोलि बार्सिलोनाले व्यहोरी सकेको अबस्थामा,रियल पनि आजको खेलमा नराम्रो नतिजा ल्याए यस पटक ट्रफि स्पेन बाहिर जाने आकलन हुने छ। स्मरण रहोस् लगातार तीन बर्ष देखि च्याम्पियन्स लिगको उपाधि स्पेनिस क्लवले नै उचाल्न्दै आएका छन्।