विवेकानन्दको अध्यक्षतामा हिन्दू धर्मका लागि बन्यो स्विस छाता संगठन


जुरीच /स्विट्जरल्याण्डको जुरीच कान्टोनको उइन्टरथुर स्थित हिन्दू मन्दिरमा बसेको एक वृहद भेलाले स्विट्जरल्याण्डका हिन्दूहरुलाई एकीकृत गर्ने उदेश्यले “हिन्दू धर्मका लागि स्विस छाता संगठन” गठन भएको छ।आईतबारको सम्पन्न भेलाले स्वमी विवेकानन्दको अध्यक्षतामा ९ सदस्यीय समिति गठन भएको हो।

कमिटीमा दुई जना लेखापाल छन्। स्विट्जरल्याण्डको बिभिन्न सहरहरु बाट आएका हिन्दू र हिन्दू मन्दिरहरुका प्रतिनिधिहरुबाट कार्यसमिति चयन भएको हो। नेपाली हिन्दू समुदायको तर्फबाट संगठनको कमिटीमा स्वीस नेपाली समाजका पूर्व अध्यक्ष माधव आचार्य कोषाध्यक्षमा र गैर-आवासीय नेपाली संघ स्विट्जरल्याण्डका सल्लाहकार डा. राजु अधिकारी लेखापालमा निर्वाचित भएका छन्। कार्यक्रममा हिन्दू संघ युरोपका अध्यक्ष डा. लक्ष्मी वेशले मन्तव्य राखिन्।

भजन कीर्तन र प्रसाद वितरण गर्दै सम्पन्न कार्यक्रममा नेपाली, श्रीलंकन,भारतीय, बंगलादेशी तथा स्वीस नागरीकहरुको समेत उपस्थिति रहेको थियो।unnamed-6 unnamed-7