नाईजेरियामा राजेशपायललाई वन्स मोर…


नाइजेरिया । गायक राजेश पायल राईले नाइजेरियामा सांस्कृतिक प्रस्तुति दिएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), नाइजेरियाको निमन्त्रणमा यहाँ आएका राईले अप्रिल १ मा सांगीतिक प्रस्तुति दिएका हुन् ।

लेगोसमा नयाँ वर्ष २०७४ को अवसरमा आयोजना गरिएको सांगीतिक कार्यक्रममा राईले दिएको प्रस्तुतिबाट नेपालीहरुले भरपुर मनोरञ्जन लिए । राईको प्रस्तुतिबाट मनोरञ्जन लिएका प्रवासी नेपालीको ‘वन्स मोर…, वन्स मोरले… राईलाई थप जोस्याएको थियो ।

दर्शकको हुटहुटीले थप उत्साहित बनेका राईले आफ्ना चर्चित गीतहरु दर्शन नमस्ते , दिक्तेल बजार , नाईं न भन्नू ल , नौजाले मायाले , शीर फूल शीरबन्दी,धरान धनकुटालगायत दर्जनौं गीत गाएर आफ्ना फ्यानहरुलाई मज्जाले नचाए ।
राईले पहिलोपटक अफ्रिका महादेशमा प्रस्तुति दिन पाउँदा खुसी लागेको बताए ।17761455_10155884812094989_878161875_o