ल हेरौ आज प्रकाशित दैनिक पत्रिकाको फ्रन्टपेज


आजका प्रमुख राष्ट्रिय दैनिक पत्रिकाहरुले लामो समयदेखि विवादित बन्दै आइरहेको तराई-मधेस जोड्ने बहुचर्चित द्रूत मार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मा नेपाली सेनालाई दिन लागेको खबरलाई प्राथमिकता दिएका छन् ।

यसका साथै आजका पत्रिकामा राजधानीका सडकको दुरावस्था, प्रदेश नम्बर २ का ८ जिलालमा चुनाव हुने/नहुने स्थिति, माओवादी केन्द्रको घोषणापत्र लगायतका समाचारलाई स्थान दिएका छन् ।

फास्ट ट्रयाकलाई मुख्य खबर बनाएको आजको कान्तिपुर दैनिकले न्याय सेवाका कर्मचारीलाई निर्वाचन व्यवस्थापनमा परिचालन गर्ने खबरलाई पनि प्राथमिकताका दिएको छ ।

आजको राजधानी दैनिकले माओवादी केन्द्रको चुनावी घोषणापत्र तयार भएको खबरलाई प्रमुख बनाएको छ । त्यस्तै राजधानीले म्यादी प्रहरी भर्नामा दुईगुणा बढी आवेदन परेको समाचारलाई पनि स्थान दिएको छ ।

ढुक्क भएर निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीले गरेको आग्रहलाई आजको गोरखापत्र दैनिकले पहिलो पृष्ठमा छापेको छ । पूर्वसूचना नदिई विद्युत्त अवरोध गरे जरिवाना हुने विषय पनि गोरखापत्रको प्राथमिकतामा परेको छ ।

६
१
५
२
४
३