पोखरामा लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.को नयाँ मोडलको ग्राण्ड आइटेन गाडी सार्वजनिक


पोखरा – नेपालको लागि हुण्डाइ गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नयाँ मोडलको ग्राण्ड आइटेन गाडी सार्वजनिक गरेको छ । हुण्डाईकालागि गण्डकी धौलागिरीको आधिकारिक बिक्रेता एल.आई. मोटर्स प्रालि बुद्धचोक पोखरा सो रुमबाट एक कार्यक्रमका बीच बिहीबार ‘२०१७ ग्राण्ड आइटेन’ सार्वजनिक गरिएको हो ।

कम्पनीका अध्यक्ष गणेश बहादुर श्रेष्ठ तथा कार्यकारी निर्देशक सुनिल श्रेष्ठले उक्त गाडी सार्वजनिक गरेका हुन् । बजारको परिबर्तित चाहना र ग्राहकको बढ्दो आकांक्षालाई प्राथमिकतामा राख्दै नयाँ मोडलको गाडी सार्वजनिक गरिएको अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताए । ‘नयाँ बोल्ड र स्टाइलिस गाडी प्रस्तुत भएको छ,’ उनले भने, ‘यो गाडी पोखरा लगायत देशभर ग्राहकको आकर्षण बन्ने हाम्रो विश्वास छ ।’

उच्च विशेषताहरुका कारण सार्वजनिक भएको ग्राण्ड आइटेनको नयाँ मोडल ग्राहकले रुचाउने कार्यकारी निर्देशक सुनिल श्रेष्ठको दावी छ । ‘हुण्डाइका सबै ब्राण्ड ग्राहकको रोजाईमा परेका छन्,’ उनले भने, ‘अहिले सार्वजनिक भएको नयाँ मोडलले अझ धेरै ग्राहकको मन जित्ने हाम्रो विश्वास छ ।’

सुरुवात देखि नै ग्राण्ड आइटेन उत्कृष्ट उत्पादन रहेकाले धेरैले मन पराइराखेको सेल्स अपरेसन इन्चार्ज भीम सिंह खत्रीले बताए । ‘धेरै भन्दा धेरै ग्राहकवर्गको मन जित्न सफल भएकाले आगामी दिनहरुमा पनि नयाँ २०१७ ग्राण्ड आइटेनले सोही किसिमको अनुभव र सुविधा प्रधान गर्नेमा विश्वस्त छौं,’ उनले भने ।

सार्बजनिक भएको नयाँ गाडीको भित्री भाग कम्फर्ट, लक्जरी, हाइ–टेक एपिएलमार बाहिरी भाग बोल्ड, स्पोर्टी र डाइन्यामिक स्टाइलिङ छ । ‘अगाडिको अग्र भागमा नयाँ बम्पर र नयाँ एलइडीडे टाइम रनिङ लाइटछ,’खत्रीले भने, ‘पछाडि बम्पर र नयाँ रिफ्लेक्टर छ ।’

विभिन्न ६ वटा मोडलमा उपलब्ध यो गाडीको मूल्य २६ लाख ९६ हजार रुपैयाँदेखि ३४ लाख ५६ हजार रुपैयाँसम्म पर्ने खत्रीले बताए । ६ वटा कलरमा उपलब्ध यो कारमा ५ सिटक्षमता छ । ‘सेन्सर क्यामरा जडान गरिएकाले दुर्घटना हुने सम्भावना निकै कम छ,’उनले भने । नेपालमा धेरै ग्राहकको रोजाईमा परेको यो कार भारतमा पनि लोकप्रिय छ । यो कारले सन् २०१४ माइण्डियन कार अफ दि इयर उपाधि पाएको थियो ।