फिन्ल्याण्डमा नारी दिवस सम्पन्न


-श्रवण खनाल हेल्सिन्की

बिस्व नारी दिबश मार्च ८ मा पर्ने भयतापनी मार्च माहिना भरी यो दिवश मनाउने प्रचलन रहिआएको छ। यसै सन्दर्भमा गैर आवाशिय नेपाली सँघ फिन्ल्याण्डको भगिनी सँस्थाको रुपमा दुई बर्ष अघि स्थापना गरिएको गैर आवाशिय नेपाली सँघ महिला फोरमले आफ्नो दोस्रो वार्षिकोत्सवका साथै नारी दिवशको आयोजना गरेको छ।

हेल्सिन्किको हेर्त्तोनिएमीमा मार्च २६ का दिन आयोजना गरिएको उक्त कार्यक्रम सरु न्यौपानेले सँचालन गर्नु भएको थियो भने महिला फोरमकी सँयोजक रज्जु पियाले स्वागत मन्तब्य दिनु भएको थियो। कार्यक्रममा तारा खड्का , आक्रिती खरेल, बिपिन दवाडी अनी बाल कलाकार सारीका अधिकारीले गीत तथा न्रित्य प्रस्तुत गरेका थिय। यसको अलावा लोक गायिका बिनिता लामिछानेले हालै मात्र राप्ती अवार्डमा सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत बिधामा पर्न सफल आफ्नो गीत “यो मनै नेपाली , यो तनै नेपाली” बोलको गीत गाएर उपस्थित दर्शकहरुलाई नचाउनु भएको थियो।IMG_3455

महिला फोरमका अन्य सदस्यहरु गेरिना राणा र प्रतिष्ठा मिश्रले सँस्थाको उदेष्य, गतिबिधी र आर्थिक पक्ष बारे उल्लेख गर्नु भएको थियो भने सल्लाहाकार कोमल पौड्यालले नारी दिवसको ईतिहास एबम महत्वमाथि प्रकाश पार्नु भएको थियो। महिला फोरमको “एक यूरो कार्यक्रम” मार्फत उठाइएको रकम लगायत अन्य तवरबाट सँकलित रकम नेपालमा महिला स्वास्थ्यको क्षेत्रमा खर्च गरिने कुरा जानकारी गराइएको थियो।

कार्यक्रमको अन्त्यमा आउँदो स्थानिय चूनावमा हेल्सिन्की नगरबाट उम्मेदवारी दिनु भएकी नेपाली मूल की महिला उम्मेदवार ब्योमा ताम्राकारसँग अन्तर्कृया गरिएको थियो।