धुर्मुस-सुन्तलीलाई रकम अभाव हुँदा फेरि स्पेनबाट ३ लाख रुपैयाँ सहयोग


बार्सिलोना/ धुर्मुस-सुन्तलीले बनाउँन लागेको तेश्रो एकिकृत नमुना बस्ती निर्माणमा रकम अभाव भईरहेको बेला स्पेनबाट सहयोग पुगेको छ। मुसहर बस्ती निर्माणका लागि प्रबासी नेपाली मञ्च स्पेनको पहलमा संकलन भएको ३ लाख ३ हजार ६ सय ७० रुपैयाँ हस्तान्तरण भएको हो।

प्रबासी नेपाली मञ्च स्पेनका सँस्थापक अध्यक्ष पुष्पराज तिमिल्सिना,कोषाध्यक्ष दिनेश राज रेग्मीले फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’लाई शनिबार बस्तीनिर्माण स्थल महोत्तरीमा नै पुगेर रकम बुझाएका छन्। सो अबसरमा फाउण्डेशन अध्यक्ष धुर्मुसले पटक-पटक बिभिन्न चरणमा सहयोग प्राप्त भएको भन्दै स्पेनबासी नेपाली समुदायलाई कृतज्ञता ब्यक्त गरेको कार्यक्रममा सहभागी रेग्मीले जानकारी दिए।

भूकम्प पिडितका लागि दुईवटा बस्ती निर्माण सकेर मुसहर बस्ती निर्माणमा जुटेको फाउण्डेशनले नयाँ बर्षमा निर्माण कार्य पुरा गर्ने लक्ष्य सहित तिब्र गतिमा काम बढाई रहे पनि रकमको अभाव भईरहेको जनाएको छ। स्पेनमा रकम संकलन अभियानको संयोजन गरेका हेमन्त रानाभाटले रकमको अति आबश्यक रहेको समयमा फाउण्डेशनलाई सहयोग गर्न पाउँदा झनै खुशी लागेको बताउँदै सम्पूर्ण सहयोगदाताहरुलाई धन्यबाद ब्यक्त गरे।

मञ्चले अँग्रेजी नयाँ बर्ष २०१७ को नेपाली भित्ते पात्रो बिक्री गर्दै रकम संकलन सुरु गरेको थियो।