ल हेरौ आज प्रकाशित दैनिक पत्रपत्रिकाको फ्रन्टपेज


आइतबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रपत्रिकाहरुमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिका अध्यक्ष विजय गच्छदार पनि सरकारमा सहभागी हुनेदेखि कञ्चनपुरमा भारतीय प्रहरीको गोली लागेर शहीद भएका गोविन्द गौतमको उच्चसम्मानका साथ आज अन्तेष्टि हुनेसम्मका समाचारले फ्रन्टपेजमा स्थान पाएका छन् ।

स्थानीय निर्वाचनबाट ३६ हजार ६ सय ५४ स्थानीय प्रतिनिधि चुनिनेलाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । कञ्चनपुरमा भारतीय प्रहरीको गोली लागेर शहीद भएका गोविन्द गौतमको ११ तोपको सलामीसहित आज अन्तेष्टि हुने समाचारले फ्रन्टपेजमा स्थान पाएको छ ।

बजारमा खाना पकाउने ग्यासको अभाव भएको समाचार र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार पनि सरकारमा सहभागी हुने समाचारलाई अन्नपूर्ण पोस्ट् दैनिकले प्राथमिकताका साथ छापेको छ ।

राजधानी दैनिकमा निर्वाचन आयोगले उम्मदवारको खर्चको सीमा तोकेको समाचारलाई महत्व दिएको छ । त्यस्तै संविधान संशोधनमा फेरि दुई तिहाइको गृहकार्य भएको समाचारले पनि प्राथमिकता पाएको छ ।

स्थानीय तह पुनर्संचना आयोगले अधुरो प्रतिवेदन बुझाउन लागेको समाचारलाई कान्तिपुर दैनिकले महत्व दिएको छ । नेपाल समाचारपत्र दैनिकमा धूलोले काठमाडौंको वायू मन्दविषजस्तो भएको समाचारलाई फ्रन्टपेजमा छापेको छ । स्थानीय तह कार्यान्वयनमा कठिनाइ हुनेलाई गोरखापत्र दैनिकले एंकर न्यूज बनाएको छ ।
७
१
२
६
५
४
३