काँग्रेस महामन्त्री कोईराला स्पेन आउँदै,


बार्सिलोना/ नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइराला शनिबार बार्सिलोना आउँदै छन्। नेपाली जनसम्पर्क समिति स्पेनको पाँचौ अधिबेशनलाई सम्बोधन गर्न महामन्त्री कोइराला बार्सिलोना आउँन लागेका हुन्। कोइरालासँगै केन्द्रीय प्रतिनिधिको रुपमा काँग्रेस नेता सुरेन्द्र पाण्डे पनि आउँने भएका छन् ।

बिपीपुत्र कोइरालासहित काँग्रेस नेताहरुको स्वागतका लागि शनिबार बिहान ११ बजे बिमानस्थलमा पुग्ने समितिका अध्यक्ष शालिकराम डुम्रेले जानकारी दिए। आइतबार हुने अधिबेशनलाई प्रमुख अतिथिको रुपमा कोईरालाले उद्घाटन गर्दै छन् ।

महामन्त्री कोईराला यसअघि बेल्जियमको अधिबेशन तथा नेदरल्याण्ड र डेनमार्कको अन्तरक्रियामा सहभागी बनेका थिए। कोईराला डेनमार्कबाट जर्मनीको ट्रान्जिट हुँदै शनिबार बिहान बार्सिलोना आईपुग्ने छन्। जनसम्पर्क समिति स्पेनको पाँचौ अधिबेशन आईतबार हुँदैछ।