काँग्रेस महामन्त्री कोईरालाले युरोपबाट भने “झडपले राम्रो तरंग ल्याएन”


बार्सिलोना/नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोईरालाले मुलुकमा शान्तिको बाताबरण सृजना गर्नु पर्ने बताएका छन्। सप्तरीमा भएको प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच भएको झडपले आँफू दुखी भएको भन्दै कोईरालाले यस्तो बताएका हुन्।

नेपाली जनसम्पर्क समिति नेदरल्याण्डले सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै कोईरालाले भने,”सुन्दै छु झडप भएर आजैकै मितिमा चार जनाको मृत्यु भएको छ,यसले मुलुकमा राम्रो तरंग ल्याएको छैन। हामीले त अहिले शान्तिको बाताबरण सृजना गर्नु पर्छ।”

कोईरालाले सप्तरीमा भएको झडप बारे एमालेको आमसभा,मधेशी कार्यकर्ता र प्रहरीले गोलि चलाएको बारे केहि टिप्पणी गरेनन्। घटनाले आँफू दुखि भएको भन्दै राम्रो तरंग सृजना नभएको मात्र उल्लेख गरे। 

महामन्त्री कोईरालाले अहिलेको अर्जुन दृष्टी नै मुलुकमा तिन वटा निर्बाचन सम्पन्न गर्नु पर्ने रहेको बताउँदै सम्बोधनको क्रममा उनले आईतबार बेल्जियममा नै बोलेका कुराहरु दोर्हाएका थिए।

यो पनि पढ्नुहोस् :- दश महिनामा तीन वटै निर्बाचन नभए, संबिधान रद्दीको टोकरीमा पुग्छ:-काँग्रेस महामन्त्री