ल हेरौ आजका दैनिक पत्रिकको फ्रन्टपेज


आज सोमबार काठमाडौंबाट प्रकाशित सबै दैनिक पत्रिकाहरुले मन्त्रिपरिषद् बैठकले स्थानीय तहको संख्या ७ सय ४४ पुर्‍याएको समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् । त्यस्तै निर्वाचन आयोगले प्रधानमन्त्री र मन्त्रीहरुलाई ‘चुनाव प्रचारमा नजान’ निर्देशन दिएको समाचारले महत्वपूर्ण स्थान पाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ३३ किलो सुन तस्करीमा संलग्नहरुलाई सार्वजनिक गरेको समाचारलाई पनि पत्रिकाहरुले प्राथमिकताका साथ छापेका छन् ।
यससँगै नयाँ पत्रिका दैनिकले तीन सय ३८ गाविसमा अझै सडक नपुगेको समाचारलाई महत्व दिएको छ । पश्चिम सेती बहुउद्देश्यीय आयोजना निर्माणमा चिनियाँले ढिलाई गर्दा सरकार असन्तुष्ट भएको भएकोलाई अन्नपूर्ण पोस्ट् दैनिकले मुख्य समाचार बनाएको छ ।

खोप विथोल्ने स्वस्थ्यकर्मी निलम्बित भएकोलाई मुख्य समाचार बनाएको नागरिक दैनिकले मधेसमा एमाले र मधेसी मोर्चा आमने-सामने भएकोलाई पनि उल्लेख गरेको छ । जन्मकैद पाएका माओवादी नेता बालकृष्ण ढुंगेलले प्रधानमन्त्रीसँग भेट गरेको समाचारलाई महत्व दिएको राजधानी दैनिकले बढुवासँगै सशस्त्र प्रहरीमा विवाद भएको समाचारलाई समेटेको छ ।

दलहरु निर्वाचन केन्द्रित गतिविधिमा लागेको समाचारलाई गोरखापत्र दैनिकले प्राथमिकताका साथ छापेको छ ।
7
1
6
2
5
3
4