दूताबास स्थापनाले स्पेन,पोर्चुगलका समस्याहरु समाधान हुन्छन् :-परराष्ट्र मन्त्री महत


तस्बिर स्रोत :- एपी

बार्सिलोना/ परराष्ट्र मन्त्री डा. प्रकाश शरण महतले स्पेनमा दूताबास स्थापना भए पछि स्पेन र पोर्चुगलमा रहेका नेपालीहरुका समस्या सम्बोधन हुने बिश्वास ब्यक्त गरेका छन्। दुवै मुलुकका लागि सरकारले छुट्टाछुट्टै दूताबास स्थापना गर्ने अबस्था नरहेको बताउँदै म्याड्रिड दूताबासले नै स्पेन,पोर्चुगलमा रहेका नेपालीहरुको समस्यालाई सम्बोधन हुने बिश्वास ब्यक्त गरेका हुन्।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनले बुधबार आयोजना गरेको एक कार्यक्रमलाई टेलिफोनबाट सम्बोधन गर्दै मन्त्री महतले दुई मुलुकका नेपालीहरुको आबश्यकतालाई महशुस गर्दै स्पेनमा दूताबास खोल्ने सरकारले निर्णय गरेको बताए।

उनले भने,” स्पेन राष्ट्रसंघको एउटा महत्वपूर्ण सदस्य राष्ट्र पनि हो, भाषाको दृष्टिकोणले पनि स्पेनिस भाषा अन्तराष्ट्रिय भाषाको रुपमा पहिचान प्राप्त गरेको छ, एउटा ठुलो महत्वपूर्ण देशमा रहेका नेपालीहरुको संख्यालाई पनि ध्यानमा राखेर दूताबासको स्थापना गर्ने निर्णय गरेका हौ। यसले दुई देश बीचको सम्बन्धलाई झनै प्रगाढ पार्ने बिश्वास लिएका  छौ ।”IMG_3100दूताबासको माग पोर्चुगलमा पनि रहेको भन्दै मन्त्री महतले भने,” यद्यपि पोर्चुगलमा पनि नेपालीहरुको ठुलो संख्या छ, त्यहाँका नेपालीहरुको भावाना थियो। तथापी दुई बटा ठाउँमा दूताबास राख्न सम्भव थिएन। तर पोर्चुगलको नजिकै रहेको देश स्पेनको दूताबास मार्फत त्यहाँका समस्या र आबश्यकताहरु साथै पोर्चुगल सरकारसँगको सम्बन्धलाई पनि स्पेनको दूताबास मार्फत प्रगाढ पार्न सक्षम हुनेछौ भन्ने विश्वास छ।”

दूताबास निर्माण भए पछि हर तबरबाट सफल पार्न स्पेनको नेपाली समुदायबाट सहयोग मिल्ने आशा ब्यक्त गर्दै मन्त्री महतले नेपाल, स्पेन र पोर्चुगलको सम्बन्ध झनै बलियो बन्ने बताएका छन्।

नेपालमा स्पेनिस दूताबास खोल्न पहल गर्ने उद्घोष:-

एक दशक अघि देखि स्पेनमा नेपाली दूताबासको माग गर्दै आएका यहाँका संघ सँस्थाहरुले अब नेपालमा पनि स्पेनिस दूताबास खोल्न पहल गर्ने उद्घोष गरेका छन्। उदेश्य पुरा गर्न आजै सपना देख्नु पर्ने बताउँदै, परिवार पुनर्मिलनको क्रममा दिल्लीमा नेपालीहरुले भोगेका समस्याहरु समाधानका लागि नेपालमा पनि स्पेनिस दूताबास स्थापना हुनु पर्नेमा जोड दिएका हुन्।

स्पेनमा दूताबास स्थापना पछि सामुहिक स्वागत तथा सरकारको निर्णय कार्यान्वयनका लागि दबाब कार्यक्रममा बोल्दै बक्ताहरुले स्पेनमा दूताबास आए पछि दिल्लीका समस्याहरु केहि समाधान हुने आशा ब्यक्त गरेका छन्। स्पेनमा दूताबास स्थापना गर्ने नेपाल सरकारको निर्णयलाई स्वागत गर्दै,छिट्टै कार्यान्वयन हुने बिश्वास समेत ब्यक्त गरे।IMG_3077एनआरएनए स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अथितिको रुपमा गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य तथा पर्यटन दूत एकराज गिरी,पर्यटन दूतहरु दीपक खरेल,चिन्तामणी सापकोटा,नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष शालिकराम डुम्रे,प्रबासी नेपाली मञ्चका अध्यक्ष दिनेश गुरुङ,जनप्रगतीशिल मञ्चका अध्यक्ष गंगाप्रसाद भुसाल लगायत स्पेन स्थित संघ संस्थाका प्रतिनिधिहरु सहभागी थिए। कार्यक्रमको संचालन संघका महासचिव उमेश अधिकारीले गरेका थिए।