पत्रकारीता पुरस्कारबाट पत्रकार नेपाली सम्मानित हुने


पोखरा । स्व. जगन्नाथ सिग्देल हिमदुत पत्रकारीता पुरस्कारबाट पत्रकार प्रेम नेपाली सम्मानित हुने भएका छन् । पत्रकार महासंघ कास्कीको बैंठकले प्रतिभा छनौट समितिको सिफारिसका आधारमा नेपालीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

उनलाई आगामी शनिवार पुरस्कार प्रदान गर्ने महासंघ कास्कीका सचिव रामप्रसाद तिमल्सेनाले जानकारी दिए । कृष्णप्रसाद वास्तोला संयोजक रहेको प्रतिभा छनौट समितिका सदस्यहरुमा पुण्य पौडेल, राजबहादुर गुरुङ, दिपेन्द्र श्रेष्ठ र रामप्रसाद तिमल्सेना थिए ।

छनौट समितिले नेपालीको नाम सर्वसम्मत चयन गरेको हो । पुरस्कारको राशी ११ हजार १ सय ११ रुपैया छ । प्रेम नेपाली हाल नयाँ पत्रिका दैनिकमा आबद्ध छन् । पत्रकार नेपाली स्वतन्त्र पत्रकार संघ नेपालको केन्द्रिय पार्षद हुन्।