रिमझिम दोहोरी साँझले विशेष सांगीतिक साँझ तथा सम्मान कार्यक्रम गर्ने


पोखरा-बिरौटाको रिमझिम दोहोरी साँझ तथा रेष्टुरेन्टले दोस्रो वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक साँझ तथा सम्मान कार्यक्रम गर्ने भएको छ । दोहोरी साँझले दोस्रो वर्ष पार गरेको सुखद अवसरमा फागुन २० गते देखि २८ गतेसम्म वार्षिकोत्सव मनाउन लागेको हो ।

सो अवसरमा चर्चित कलाकार बद्री पंगेनी, रमेश विजी, पशुपती शर्मा, शर्मिला गुरुङ, वसन्त थापा, राजन गुरुङ, जीवन दाहाल, प्रीति आले, तारानाथ आचार्य, शंकरविरही गुरुङ, राजन कार्की, माया गुरुङ, शंकर पन्त, गणेश रानाको सांगीतिक प्रस्तुति रहने कार्यक्रम संयोजक पुरुषोत्तम न्यौपानेले बताए । साँझमा आधुनिक गायक रामभक्त जोजीजुको पनि प्रस्तुति रहने न्यौपानेले बताए । यसको अलावा साँझका नियमित कलाकारको प्रस्तुति रहने जनाइएको छ ।

वार्षिकोत्सवको अवसरमा लोक दोहोरीलाई व्यापक बनाउन क्रियशील टेलिभिजन पत्रकार फेवा टेलिभिजनका स्टेशन म्यानेजर हेमराज अधिकारी, गायक तथा संगीतकार विमल गायक र रिमझिम साँझको कर्मचारी सविता गुरुङलाई सम्मान गरिनेछ । उनीहरुलाई दोसल्ला र नगद ३ हजार ३ सय ३३ रुपैयाँ सहित सम्मान गरीने न्यौपानेले जनाए । यसअघि प्रथम वार्षिकोत्सवको अवसरमा पत्रकार राजाराम पौडेललाई दोहोरी साँझले सम्मान गरेको थियो ।

साँझमा पीताम्बर भण्डारी, पुरुषोत्तम न्यौपाने, श्रीराम बराल, कुमार पुन, ईश्वर श्रेष्ठ, प्रेमलाल पाण्डे, जानुका भट्टराई र नवीन आलेको लगानी छ । १६ जना कलाकारहरुसहित ३५ जना कर्मचारीहरु विभिन्न विभागमा कार्यरत छन् ।