परराष्ट्रमन्त्री र हंगेरीका विदेशमन्त्री बीच वार्ता, नेपाललाई ११ अर्वभन्दा बढी ऋण दिने


काठमाडौं । नेपालको जलबिद्युत उत्पादनका लागि हंगेरीले १ प्रतिशतभन्दा कम व्याजदरमा ११ अर्व रुपैयाँभन्दा बढी ऋण सहयोग गर्ने भएको छ । राष्ट्रसंघीय मानवअधिकार परिषदको ३४ औं शत्रमा सम्बोधनका लागि हाल जेनेभामा रहेका परराष्ट्रमन्त्री डा.महत र हंगेरीका विदेशमन्त्री सिजार्तोबीच मङ्गलबार द्विपक्षीय वार्ता भएको थियो ।

वार्ताका क्रममा मन्त्री सिजार्ताेले हंगेरी सरकारले प्रत्येक वर्ष दश जना नेपाली विद्यार्थीलाई हंगेरीका विश्वविद्यालयमा अध्ययनका लागि छात्रवृत्ति दिने निर्णय गरेको जानकारी पनि दिएका थिए ।

विदेशमन्त्री सिजार्ताेले नेपालले दिएको राष्ट्रसंघीय मानअधिकार परिषदको सदस्यको उम्मेदवारीको समर्थन गर्दै नेपाललाई भोट हाल्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

हाल जेनेभामा रहेका परराष्ट्रमन्त्री डा.महत उच्चस्तरीय भेटवार्तामा व्यस्त छन्, उनले मङ्गलबारै राष्ट्रसंघीय मानवअधिकार परिषदको ३४ औं शत्रलाई सम्बोधन गरेका थिए । नेपालले सन् २०१८ देखि २०२० का लागि राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यमा उम्मेदवारी दिएको छ ।