एभिपि र चिल्ड्रेन नेपालको आयोजनामा कार्यशाला


पोखरा – एभिपि नेपाल र चिल्ड्रेन –नेपालको सयुक्त आयोजनामा शान्तिका उपाय सम्बन्धी तीन दिने कार्यशाला पोखरामा भएको छ । कार्यशालामा युबा समुह,आमा समुह र नेपाल सरकार बाट सेबा निबृत कर्मचारी गरी २३ जनाको सहभागिता थियो । शान्तिका उपायहरू, सुनौं बोलौं, राता र हरिया सन्देश रुपान्तरणकारी शक्तिको परिचय झगडालु रेखा अनुभुति र आबस्यकता, स्तर अनुभुति, जस्ता विषय कार्यशालामा समेटियो ।
कार्यशालालाई चिल्डे«न–नेपालका संस्थापक अध्यक्ष एवं कार्यकारी निर्देशक, रामचन्द्र पौडेल, सहजकर्ता भिमलाल गुरुङ, शारदा शर्मा र रमेश सुवेदीले सहजीकरण गरेका थिए ।
समापन कार्यक्रममा जिल्ला शिक्षा कार्यालय कास्की बाट र्भखरै सेबा निबृत भएका जिल्ला शिक्षा अधिकारी शंकर बहादुर गौतम, चिल्डे«न–नेपालका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक रामचन्द्र पौडेल, अध्यक्ष रामबहादुर थापा, संस्थापक उपाध्यक्ष तथा तालिमका सहजकर्ता भिमलाल गुरुङ, सहजकर्ता रमेश सुवेदी लगायतले बोलेका थिए ।