पोखरामा आयोजित पाचौं अन्तर लायन्स फुटवल प्रतियोगिताको उपाधि गोल्डेन चौतारीलाई


पोखरा- पोखरामा सम्पन्न पाचौं अन्तर लायन्स फुटवल प्रतियोगिता २०७३ को उपाधी लायन्स क्लब अफ पोखरा गोल्डेन चौतारीले उचालेको छ । सोमवार सम्पन्न खेलमा लायन्स क्लब अफ पोखरा मुनाललाई गोल्डन चौतारीले २–० को गोल अन्तरले पराजीत गर्दे २५ हजार ५ सय ५५ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेता टिम पोखरा मुनालले १५ हजार ५ सय ५५ रुपयाँ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ । पोखरा ५ मालेपाटन स्थित बाराही खेल मैदानमा सम्पन्न फाईनल खेलमा गोल्डेन चौतारीको तर्फबाट दिनेस श्रेष्ठ र टंक अधिकारीले समान १÷ १ गोल गरेका थिए ।उक्त खेलमा म्यान अफ दि म्याच गोल्डेन चौतारीका टंक अधिकारी घोषित भएका थिए ।

फागुन १४ गतेदेखि १६ गते सम्म बाराही खेल मैदानमा सम्पन्न प्रतियोगिताको उत्कृष्ट खेलाडी लायन्स क्लब अफ पोखरा मुनालका धर्म सिं लामीछाने, सर्वाधिक गोलकर्ता गोल्डेन चौतारीका दिनेश श्रेष्ठ, अनुशासित टीममा लायन्स क्लब अफ पोखरा पिस चौतारी घोषित भएका थिए । खेल अवधीभर सर्वाधिक गोल कर्ता दिनेश श्रेष्ठले ७ गोल गरेका थिए ।सो अवसरमा प्रतियोगिताको लागि पहिलो टिम दर्ता गर्ने लायन्स क्लब अफ पोखरा फेवा बेगनास चौतारीलार्ई सम्मान गरिएको थियो । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोल कर्ता खेलाडीलाई स्टोना ईन्टरप्राईजले आर्कषक उपहार प्रदान गरेको थियो ।

प्रतियोगितामा लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ वि वान नेपाल अन्र्तगतका १६ वटा लायन्स क्लबहरुले भाग लिएका थिए । समापन समारोहमा बोल्दै प्रमुख अतिथि पुर्व मल्टीपल काउन्सिल चेयरपर्सन दीपक श्रेष्ठले नेपालकै लायन्स ईतिहासमा सफलताका साथ सम्पन्न गर्दै आईरहेको अन्तर लायन्स फुटवल प्रतियोगिताले लायन लायन्सहरु बीचमा आपसी भाईचाराको सम्बन्ध विकास भएको धारणा व्यक्त गर्दै पिस सिटिले स्थापनाको छोटो समयमै रचनात्मक काम गरेको र यस्ता कृयाकलापहरुले सम्पूर्ण लायनहरुलाई गौरब बढाएको वताए ।

आयोजक पिस सिटीका अध्यक्ष किशोर मोहन भट्टराईको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको समापन समारोहमा डाईबेटीक अर्वानेस कमीटी चेयरपर्सन तिर्थलाल श्रेष्ठ, रिजनचेयरपर्सन सुदीपराज ढुंगाना, चुडामणी बराल, जोन चेयरपर्सन प्रशान्तराज धमला, निर्णायक समितिका सदस्य एवं जोन चेयरपर्सन बिनोद ढुंगाना, निवर्तमान अध्यक्ष टंकराज अधिकारी, सहभागी क्लबहरुको तर्फबाट मुनालका अध्यक्ष ज्ञानेन्द्रराज कोईराला, सचिव राम प्रसाद अधिकारी लगायतले मन्तव्य राखेका थिए ।