साहसीक पर्यटनमा आन्तरीक पर्यटकलाई आकर्षित गर्न ओजन एक्सिपिडिसन


पोखरा – तपाई साहसीक यात्रा गर्न चाहानुहुन्छ । यदि चाहानुहुन्छ भने कसरी जाने भन्ने चिन्तामा हुनुहुन्छ । अव कुनै चिन्ता गर्नुपदैन् । तपार्ई यात्राका लागी तयार हुनुस त्यसको सम्पूर्ण ब्यवस्था ओजन एक्सिपिडिसन नेपालले गर्छ । नेपालका हरेक ठाँउ जहाँ खोजिमपूर्ण तर पर्यटकीय गन्तब्य छन्, त्यहाँ पुग्छ ओजन । जहाँ सडक मार्ग खुलेका छन तर सवारी पुगेका छ्र्रैन र ती ठाउने जाने इच्छा राख्नेहरुको सपना साकार पार्छ । आन्तरीक र साहसीक पर्यटनको भरपर्दो साथीका रुपमा ओजन एक्सिपिडिसनले साथ दिनेछ ।

ओजन एक्सिपिडिसन नेपाल ट्राभल कम्पनी हो । नेपालको भु बनावटले अग्ला पहाड देखि होचा खोच सम्म पुर्याउने छ । बाटो खनिएको तर ब्यवस्थित तरीकाले सवारी संचालन नभएका ठाँउमा यस कम्पनीले आन्तरीक तथा बाह्य पर्यटकलाई पर्यटकीय स्थलमा पुर्याउदै प्रवद्धन गर्ने उद्देश्यले संचालनमा ल्याइएको छ । ओजनले पहिलो पटक सोमबार अफिसियल टुर अनुभवका लागी यात्रामा निस्किएको छ । हिमालपारीको जिल्ला मुस्ताङको लोमाङथाङ प्रस्थान गरेको छ । सात ओटा 4WD जिप र १० ओटा DiRt motorbike सहित यात्रा सुरु भएको छ । यस्तो टुर नेपालमा पहिलो पटक भएको दावी ओजनको छ ।OFF ROAD jeep / motorbike संगै टुर गरेको नेपालमा नै पहिलो पटक हो । उत्त टुरमा ४० जना सहभागी छन् ।
पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा रहेको ओजन कम्प्लेक्सबाट सुरु यात्रा छिमेकी देश चाइनाको बोडर कोरालानाका पुगेर लोमानथाङ, मुक्तिनाथ दर्शन गरि जोमसोमबाट तोतोपानी हुदै पोखरा फकर्ने छ । यात्रा चार रात पाँच दिनको रहने छ । यात्राले आन्तरीक पर्यटन प्रर्वद्धन गदै आन्तरीक तथा बाह्य पर्यटकमा साहसीक यात्रा गर्न मद्दत पुग्ने विश्वास कम्पनीको छ ।

यस लगत्तै कम्पनीले दोश्रो यात्राका रुपमा मार्चको १५ मा मुगु जिल्लामा रहेको राराताल सम्मको यात्रा गर्ने तयारी गरेको छ ।। यात्राको क्रममा पुग्ने ठाँउमा प्राथमिक उपचार सम्वन्धि औषधी निशुल्क वितरण गर्ने छ । यात्रामात्रै नभएर ती ठाँउमा रहेका समस्याहरुलाई आफुले सक्दो सहयोग गर्ने योजना समेत कम्पनीले बनाएको छ । पर्यटकीय गाँउहरु भएपनि विकटताका कारण त्यहाँका जनताले सामान्य कुराको अभावमा छटपटिनुपरेको हुनसक्छ त्यसैले यात्रा मात्र हैन सेवा पनि गछौ ओजन एक्सिपिडिसनका संचालक महेन्द्र गुरुङ भन्छन् । कम्पनीले नेपालका जुनसुकै ठाँउमा जानका लागी प्याकेजको ब्यवस्था गर्ने छ । प्याकेजमा यात्रामा सहभागीहरुको सुरक्षा लगात खाने, बस्ने लगायत पुरै ब्यवस्था कम्पनीले नै मिलाउने छ
आन्तरीक पर्यटकले साहसीक यात्रा कम गर्ने भएकाले त्यसलाई बढवा दिन लागिएको टुरका ब्यवस्थापक छिरिङ फुन्सोक ठकुरीले बताए । ‘हाम्रो उद्देश्यले साहसीक पर्यटनमा आन्तरीक पर्यटकलाई आकर्षित गदै पर्यटन प्रवद्धन गर्नुुहो ।’ घुम्नका लागी विदेश जानुपदैन्, नेपालभित्रै छ । पहिला आफनो देश घुमौ अनि विदेश घुमौ उनी भन्छन् । देशभित्रै नगएको ठाँउ घुमौ, साहसीक यात्रा गरौ उनी भन्छन् ।