ल हेरौ आज प्रकाशित दैनिक पत्रिकाका फ्रन्टपेज


काठमाडौंबाट प्रकाशित भएका आज सोमबारका दैनिक पत्रिकाले संविधान संशोधनका लागि हिजो संसद सचिवालयमा दर्ता भएका संशोधन प्रस्तावबारेका समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् ।

आजको कान्तिपुर दैनिकले संविधान संशोधन बिधयेकमा सत्तापक्षनै बिभाजित शीर्षकमा समाचार छापेको छ । त्यस्तै उसले जग्गा प्लटिङ गर्दा मन्दिरलाई धरापमा पारिएको भन्दै ठूलो तस्वीर पनि प्रकाशन गरेको छ ।

आजको नयाँ पत्रिका दैनिकले संविधानमाथि १५ संशोधन शीर्षकमा मुख्य समाचार बनाएको छ । साथै स्ववियु निर्वाचन अन्योलमा भन्ने अर्को समाचार प्रकाशित गरेको छ ।

स्थानीय चुनावको मिति तय भएपनि तयारीमै बिभिन्न अड्चनहरु देखिएको भन्दै आजको नागरिक दैनिकले मुख्य समाचार बनाएको छ । रक्षा मन्त्रालयले आधा खर्ब माग गरेको समाचार पनि नागरिकमा छ ।

अन्नपूर्णं पोस्टमा भने बैदेशिक रोजगार ब्यवसायी आशाकुमारी लामा र शर्मिला पराजुली ढकाललाई राजदूतमा सिफारिस गर्ने आफ्नै निर्णयमा सरकार पछाडि हटेको समाचार प्रकाशित छ ।
1
5
2
4
3