हस्तकला तथा नेपाली जुत्ता व्यापार मेला पोखरामा सुरु


पोखरा-हस्तकला तथा नेपाली जुत्ता व्यापार मेला २०७३ आइतबार देखी नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा सुरु भएको छ । कास्की पोखरा हस्तकला सघं र नेपाली जुत्ता घर प्रालि काठमाडौको संयुक्त आयोजनामा मेला आयोजना गरिएको हो । मेलाको व्यवस्थापिका संसद विकास समितिका सभापति रबिन्द अधिकारीले कार्यक्रमको उद्घाटन गर्दै पोखरामा मेला उत्कृष्ट हुने बताए ।

हामीले स्वेदेशी सामान प्रयोग गर्ने अवस्था सृजना गर्ने गर्नुका साथै स्वेदेशी उद्योगको संरक्षण गर्नुपर्ने मा उनको जोड दिए । उनले बाहीरको प्रतिस्पर्धामा हाम्रो सानो प्रोडक्सनले प्रतिस्पर्धा गर्न गाह्रो हुने भएकाले पहिला हाम्रो देशभित्रै यसको संरक्षण गरेर बाहिर पु¥याउने वातावरण बनाउनेपर्ने बताए । स्वदेशी सामान प्रयोग गर्नु भनेको राष्ट्रिय भाव झल्काउनु रहेको उनको भनाइ थियो । आयोजकले गर्ने कार्यमा आफुहरुको साथ रहेको भन्दै उनले आयोजकलाई उत्साहका साथ अघि बढ्न आग्रह समेत गरे ।

क्षेत्रीय प्रशासक यमकुमारी खतिवडाले नेपालको कला र संस्कृतिको झल्को झल्काउने काम हस्तकला उद्योगले गरेको बताउदै नेपालबाट विदेशमा निर्यात गर्न मिल्ने छाला र अल्लोका सामानहरुको प्रवद्र्धन गर्नु पर्ने बताए । उनले उद्यमीहरुले नेपाल सरकारले दिएको सुबिधा लिनका लागि उद्योग दर्ता गरेरै संचालन गर्नु पर्ने बताउदै उद्यमीहरु एकिकृत भएर काम गरेमा काम राम्रो र सजिलो हुने बताए ।

कास्की पोखरा हस्तकला संघका अध्यक्ष एवम् मेला मुल समारोह समितिका संयोजक हिरा भट्टराईले प्रर्दशनीको औचित्य माथि प्रकाश पार्दै नेपाली जुत्ता पनि विदेशी जुत्ता भन्दा कम नरहेको बताउदै सबै नेपालीहरुले स्वदेशी उत्पादनको प्रयोग गर्नु पर्ने बताए । उनले कास्की पोखरा हस्तकला सघंले आर्थिक सवृद्धि आजको आवश्यकता भन्दै विभिन्न तालिम दिदै आएको बताउदै मेलाले उद्यमशीलतामा लाग्न प्रेरणा प्रदान गर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मूल्मीले नेपालमा उत्पादन हुन सक्कने वस्तु ध्यान दिएर उत्पादन गर्न तर्फ लाग्न सकेमा आर्थिक समृद्धि हुने बताए । उहाँले नेपालमा जस्तो जुत्ता उत्पादन नहुने मुलुकमा यहाँको जुत्ताको पहुँच पुराउनका लागि सरकार लाग्नु पर्नेमा जोड् दिए ।

पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रविनसन प्रजु, नेपाल हस्तकला महासंघका उपाध्यक्ष होमनाथ उपाध्यायले नेपाली ब्रान्डका जुत्तालाई अन्तराष्ट्रिय बजारसम्म प्रर्बद्धन गर्दै आएको बताए । उनले नेपालका अन्य जिल्लामा आफ्ना ब्रान्डका सोरुम बिस्तार गर्ने योजनामा रहेको बताए । हास्य कलाकार दिपक राज गिरीले सबैले स्वदेशी उत्पादनलाई जोड् दिदै देश विकास तर्फ लाग्नु पर्ने बताए ।

कास्की पोखरा हस्तकला संघका अध्यक्ष एवम् मेलामुल समारोह समितिका संयोजक हिरा भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एफ म्यानका बरिष्ठ उपाध्यक्ष कृष्ण फुयालले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने नेपाल उद्योग वाणिज्य महासंघका कासस, एफ म्यानका पूर्व अध्यक्ष एवम् नेपाली जुत्ता घरका अध्यक्ष रामकृष्ण प्रसाइले स्वागत मन्तब्य राख्नु भएको थियो । नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष एवं रेडियो जननीका स्टेशन म्यानेजर बिमला भण्डारीले स्वदेशी उत्पादन प्रति आम नागरिकमा रहेको भ्रमलाई चिर्नका लागि संचार माध्यमले पनि महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

फागुन २९ गते सम्म हुने मेलामा बिजनेश एक्स्पोमा उपभोक्ताले गुणस्तरीय र आर्कषक डिजाइनका जुत्ताहरु १५ देखि ७० प्रतिशतसम्म छुटमा खरिद गर्न पाउने नेपाली जुत्ता घर प्रालीका अध्यक्ष रामकृष्ण पर्साइले बताए । मेलामा १ सय ५० रुपैयाँदेखि १२ हजार रुपैयाँसम्मका जुत्ता उपलब्ध हुने आयोजकले जानकारी गराएको छ । मेलामा नेपालका चर्चित ब्राण्डहरु शिखर सुज, बि। एफ।डियरहिल सुज, स्काइ सुज, कोशेली छालाजुत्ता, सफ्ट टच फुटल्याण्ड, सुल्याण्ड, इजी सुज, टम टेलर सुज लगायत ब्राण्डका जुत्ताहरु खरिद गर्न सकिने छ ।

मेलामा हस्तकलाका स्टल २५ वटा र छाला जुत्ताका ५३ वटा स्टल रहनुका साथै उपभोक्ताहरुको सुबिधालाई मध्येनजर गदै चमेनागृहको व्यवस्था गरिएको छ । मेलामा प्रवेश निशुल्क व्यवस्था गरिएको छ भने हस्तकलाका स्टललाई निशुल्क वितरण गरिएको छ । स्वदेशी उत्पादनलाई आत्मनिर्भर बनाउने उद्देश्यले मेलाको आयोजना गरिएको आयोजकको भनाई थियो । मेलामा एक लाख दर्शकले अवलोकन गर्ने तथा एक करोड रुपैयाँ बराबरको कारोबार हुने आयोजकको अपेक्षा रहेको छ ।