नेपाली जनसम्पर्क समिति डेनमार्कको नयाँ कार्यसमितिको सपथग्रहण


कोपनहेगन । नेपाली जनसम्पर्क समिति डेनमार्कको हालै सम्पन्न चौथो अधिवेशन बाट नवानिर्वाचीत सभापती तथा अन्य पदाधिकारी एवं सदस्यहरुको सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

सपथग्रहण कार्यक्रममा निवर्तमान सभापती नवराज आचार्यले नवानिर्वाचीत सभापती विरेन्द्र सिंह कार्कीलाइ सपथ गराए भने त्यसलगत्तै सभापती विरेन्द्र सिंह कार्कीले अन्य नवनिर्वाचीत पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथग्रहण गराएका थिए ।

डेनमार्क स्थिति विभिन्न संघ संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधीहरु समेत सहभागी सोहि कार्यक्रममा प्रवासी नेपाली मंच डेनमार्कका महासचीव दिपक पाण्डे, इनास डेनमार्कका अध्यक्ष सन्त कुमार थापा,  नेपाली जनसम्पर्क समितिका पुर्व सभापतीहरु त्रिलोचन सापकोटा, रामचन्द्र पाठक, एन आर एन डेनमार्कका पुर्व अध्यक्ष मोहन राज मिश्र , एन आर एन आइ सी सी सदस्यहरु प्रवीन प्रजापती, आइ सी सी सदस्य तथा डेनमार्कका लागि नेपाल पर्यटन बोर्डका प्रतिनिधी सोमनाथ सापकोटा,एन आर एन डेनमार्कका अध्यक्ष दिपेन्द्र चुडाल, एन आर एन ग्लोबल युवा उप-संयोजक लोकराज शर्मा लगायतले नेपाली जनसम्पर्क समिति डेनमार्कको नयाँ कार्यसमितिको आगामी समतिको कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

सोहि कार्यक्रममा अधिवेशन सम्पन्न गर्न बनेको निर्वाचन समितिका प्रमुख संयोजक यामलाल सुवेदीले चुनौतीका वावजूद पनि छोटो समयमा निर्वाचन समितिले गर्ने कार्य सबै सफल रहेको बताए । निर्वाचन समिति सदस्य मुक्तिराम चापागाईंले सबैलाई स्वागत गर्दै मन्तव्य दिएका थिए भने प्रकाश ढकालले निर्वाचन तथा अधिवेशनको समिक्षा प्रश्तुत गरेका थिए । सबै कार्यक्रमको संचालन निवर्तमान समिति सदस्य रमेश घिमिरेले गरेका थिए ।

सोहि कार्यक्रममा नवनिर्वाचीत सभापती विरेन्द्र सिंह कार्कीले सबैलाई धन्यवाद दिंदै नेपाली जनसम्पर्क समिति डेनमार्कलाइ एकतावद्ध बनाएर लैजानेमा आँफु दृढ रहेको बताए ।सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै उनले निर्वाचन समितिको कार्यको खुलेर प्रशंशा गरेका थिए ।