पोखरामा २ दिने आर्थिक पत्रकारिता तालिम सुरु


पोखरा – सञ्चारिका समुह पश्चिमाञ्चलको आयोजनामा पोखरामा २ दिने आर्थिक पत्रकारिता तालिम सुरु भएको छ । क्रियाशिल महिला पत्रकार लागि जिल्ला विकास समिति कास्कीको सहयोगमा तालिमको आयोजना गरिएको हो । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा सञ्चारिका समुहका संस्थापक अध्यक्ष दुर्गा भण्डारीले तालिममा सिकेका कुराले मात्र पर्याप्त नहुने भएकोले सिकेका कुरालाई दैनिक जीवनमा अभ्यास गर्दै जानुपर्ने बताउनुभयो । उहाँले तालिमबाट बढी भन्दा बढी फाइदा लिन सक्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य सुष्मा पौडेलले सिकेका कुरालाई व्यवहारमा उर्तान सके मात्रै तालिम आयोजना गर्नुको महत्व रहने बताउनुभयो । प्रेस चौतारी कास्कीका अध्यक्ष माधव बरालले पत्रकारिता पेशा भनेको दिन दिनै परिक्षा दिएर उर्तिण हुने पेशा भएकोले हरेक दिन अभ्यास गर्नसके क्षमता अभिवृद्धि हुने बताउनुभयो । कार्यक्रममा राजश्व कार्यालयका कर अधिकृत विजय लामिछाने, वरिष्ठ पत्रकार भरत कोइराला, प्रेस चौतारीका केन्द्रिय सदस्य श्याम कुवँर, प्रेस सेन्टरका केन्द्रिय सचिव गोमा घिमिरे, क्रियाशिल महिला पत्रकार समुहका अध्यक्ष सरिता तिमिल्सिना पगेँनी लगायतले सिकेका कुरालाई व्यवहारमा उर्तान जोड दिएका थिए ।

सोही अवसरमा नेपाल पत्रकार महासंघ कास्कीका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र पार्षदहरुलाई बधाईसहित सम्मान गरिएको थियो । सञ्चारिका समुह पश्चिमाञ्चलका अध्यक्ष जमुना वर्षा शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यसमिति सदस्य कञ्चन थापाले गर्नुभएको थियो भने सञ्चालन महासचिव कविता श्रेष्ठले गर्नुभएको थियो । पोखराका विभिन्न सञ्चार माध्यममा आवद्ध २० जना महिला पत्रकारको सहभागीता रहेको तालिमको वरिष्ठ पत्रकार भरत कोइराला, केशवशरण लामिछाने र राजश्व कार्यालयका कर अधिकृत विजय लामिछानेले सहजीकरण गर्नुहुनेछ । तालिम शनिबार समापन हुने छ ।