बेल्जियम काँग्रेसमा सापकोटा भर्सेस सापकोटा


बार्सिलोना/ नेपाली जनसम्पर्क समिती बेल्जियमको आगामी नेतृत्वका लागि दुई सापकोटाले उम्मेद्बारी घोषणा गरेका छन्। समितिको चौथो अधिबेशनका लागि सीता सापकोटा र माधव सापकोटाले अध्यक्ष पदका लागि दाबी गरेका हुन्।

सामाजिक संजाल मार्फत आँफू अध्यक्ष पदमा उभिने घोषणा गर्दै महिला नेतृ सापकोटाले लेखेकी छन्,” अग्रजहरुलाई सम्मान,युवाहरुलाई प्रोत्साहन सुदृढ  संगठन र सामाजिक एकता मेरो अभियान” हो। बेल्जियमबासी कांग्रेसीहरुको एकल उमेद्वार बन्ने कोसिस गर्ने छु तथापी निर्वाचनमा जानै परे पनि,साथिहरुसँग मिलेर एक पद एक ब्यक्ति एक कार्यकालको सिद्धान्तलाई मनन गर्दै अध्यक्ष पदमा उभिने छु ।” सापकोटा काँग्रेसको १३ औ महाधिबेशनका लागि बेल्जियमबाट महासमिति सदस्यमा चयन भएकी थिईन्।

यस्तै अर्का दाबेदार सापकोटाले पनि नयाँ कृयाशिल युबालाई प्रोत्साहन दिलाउन आफ्नो उम्मेद्बारी रहने जनाएका छन्। सापकोटाले लेखेका छन्,”सस्थाको बृहत् हित र नेपाल,नेपाली र बेल्जियम बासी सबै नेपाली बिचमा एकता र सद्भाव को लागि मेरो प्रतिबद्धता हो। बेल्जियमबासी कांग्रेस जनहरुको एकल उम्मेद्वार बन्ने कोशिस गर्ने छु,तथापी निर्वाचन मा जानै परे पनि तयार छु।” सापकोटा समितिका पुर्ब उपाध्यक्ष हुन्।

मार्च ५ तारिख हुने अधिबेशन उद्घाटनका लागि प्रमुख अतिथिको रुपमा काँग्रेस महामन्त्री डा. शशांक कोईराला बेल्जियम आउँने समितिका अध्यक्ष सुबास जोशीले नेपालीनेपाली डटकमलाई जानकारी दिए। यस्तै केन्द्रिय प्रतिनिधिको रुपमा सुरेन्द्र पाण्डे,केन्द्रिय सदस्य द्वय एनपी साउद र चन्द भण्डारी पनि अधिबेशनमा सहभागी बन्ने भएका छन्।

जनसम्पर्क समिति बेल्जियममा सर्बसम्मत हुन नसके आगामी मार्च १२ तारिख नयाँ कार्यसमितिका लागि मतदान हुँदै छ। अध्यक्ष जोशीका अनुसार १ हजार ३ सय २७ सदस्यहरुले मतदानमा भाग लिने छन्।