पुम्दीकोटको महायज्ञमा १० दिनमा ७ करोड बढी संकलन,महायज्ञ एक दिन थपियो।


पोखरा/  पोखरा २५ पुम्दीमा जारी महाशिवपुराण एवं धार्मिक पर्यटन महोत्सव २०७३ मा दशौ दिनसम्म ७ करोड बढी सहयोग संकलन भइसकेको छ ।

महायज्ञमा बिहिबारमात्र ६७ लाख सहयोग संकलन भएको महायज्ञमुल आयोजक समितीका संयोजक चन्द्रकान्त बरालले जानकारी दिए । महायज्ञमा पोखरा २५ तल्लो गाउँ निवासी छविलाल भुजेलबाट रु २ लाख ७५ हजार ,पोखरा २५ घुम्ती निवासी टंकालाल बराल , जयदेवी बराल र छोराहरु राजु बराल ,चित्रराज बराल र पवित्रराज बरालबाट संयुक्तरुपमा २ लाख २५ हजार ५ , लायन्स क्लवअफ पोखरा फिस्टेलसीटी पोखराबाट २ लाख २५ हजार ५ सय १ ,पोखरा ८ सिर्जनाचोक निवासी दिपक शेरचनबाट रु २ लाख २५ हजार ५ सय ५५ सहयोग प्रदान गरेको अर्थसंकलन उपसमितीका संयोजक डिल्लीराम बरालले बताए ।

महायज्ञमा पोखरा ८ सभागृहचोक निवासी रविकुमार सापकोटाबाट २ लाख २५ हजार ५ सय ८ , पोखरा ८ पृथ्वीचोक निवासी रिजन शेरचनबाट रु २ लाख २५ हजार ५ सय ८ , चितवन जिल्ला भरतपुुर निवासी देवेन्द्र श्रेष्ठबाट २ लाख २५ हजार , पोखरा २५ घुम्ती निवासी चन्द्रकला वराल (नेत्रलाल)बाट २ लाख ३३ हजार ३ सय ३३ , तनहुँ जामुने निवासी चामबहादुर थापाबाट रु २ लाख २५हजार ,पोखरा २५ घडेरी निवासी क्या टिक प्रसाद गरुङबाट २ लाख २७ हजार ७ सय ७७ ,पोखरा १७ विरौटा निवासी अर्जुन पोख्रेलबाट रु २ लाख २५ हजार ५ सय ५५ , पोखरा २५ लुकुन्स्वारा निवासी स्व दुर्गादत्त बराल र माता गंगा देवी बरालको स्मृतीमा माइला छोरा केशवराज बरालबाट रु २ लाख ३१ ह्जार १ सय १५ तथा साइला छोरा नरेन्द्रराज बरालबाट रु २ लाख ३१ हजार १ सय११ सहयोग प्रदान गरेको कोषाध्यक्ष मात्रिका बरालले जानकारी दिए।

महायज्ञमा काठमान्डौ निवासी डा ध्र्रुव शर्मा मुडवरीबाट रु १ लाख १ हजार १ सय ११ ,पोखरा २५ अमलचौर निवासी हरी प्रसाद बरालबाट रु १ लाख १ हजार १ सय ११ ,पोखरा २५ डाँडाथोक निवासी प्रजापती बराल र हरीकला बरालबाट रु १ लाख १ हजार १ सय ८ , पोखरा २५ वग’वा निवासी राजु प्रसाद बराल बाट १ लाख ५ हजार ५ सय ५५ ,पोखरा २५ बग’वा निवासी गुरुदत्त पौडेलबाट रु १ लाख १ हजार १ सय ११ ,पोखरा २५ अमलचौर निवासी पार्वती बरालबाट १ लाख ११ हजार १ सय ११ , पोखरा ५ पस्र्याङमा रहेको खनाल कन्स्ट्रक्सनबाट रु १ लाख ५ ,स्थानीइ श्रिंगा यातायात व्यवसायी समिती पोखराबाट रु १ लाख ५ सय ५ ,फिष्टेल एकेडेमी पोखरा १७ पार्दी बाट रु १ लाख ५ सय ५ , पोखरा ९ महेन्द्रपुल निवासी विनोद कायस्थबाट रु १ लाख १५ हजार ५ सय ५५ , गण्डकी विकास बैक पोखाराबाट १ लाख ५ हजार , फेवा बिकास बैक लि पोखराबाट ,रु १ लाख ५ हजार सहयोग प्रदान गरेको प्रचार संयोजक माधव रेग्मीले बताए ।

महायज्ञमा पोखरा २५ निवासी हुमा कुमारी बरालबाट रु १ लाख १ हजार १ सय ११ , पोखरा २५ लुकुन्स्वारा निवासी यशोदा बरालबाट रु १ लाख १ हजार १ सय ११ , पोखरा २५ तल्ला गाउँ निवासी पदम बहादुर भुजेलबाट रु १ लाख ११ हजार १ सय ११ ,पोखरा २५ काउलेपानी निवासी थमन परियारबाट रु १ लाख ५ सय ११ ,पोखरा २५ घुम्ती निवासी श्रीकान्त बाँस्तोला र लक्ष्मी बाँस्तोलाबाट रु १ लाख १हजार १ सय ११ सहयोग प्रदान गरेको महायज्ञ मुल आयोजक समितीका महासचिव प्रकाश बरालले जानकारी दिए ।

फागुन ३ गते देखी जारी महायज्ञ शुक्रबार सम्म चल्नेमा १ दिन थप गरि शनिवारबार सम्म चल्ने मुलआयोजक समितकिा सहसंयोजक हिमलाल बरालले बताए ।