ल हेरौ आज प्रकाशित दैनिक पत्रिकाको फ्रन्टपेज


आज बिहिबार काठमाडौंबाट प्रकाशित हुने लगभग सबै राष्ट्रिय दैनिकहरुले निर्वाचन आयोगले हिजो सार्वजनिक गरेको निर्वाचन कार्यतालिका र भारतले अरुण तेस्रो जलबिद्युत परियोजना बनाइदिने समाचारलाई फ्रन्टपेजमा प्रमुखताका साथ प्रकाशित गरेका छन् ।

आजको कान्तिपुर दैनिकले फ्रन्टपेजमा बैशाख १६ मा उम्मेदवारी दर्ता भन्ने समाचारलाई फ्रन्टपेजमा छापेको छ भने अर्को समाचार अरुण तेस्रो बन्ने भन्ने छ ।

निर्वाचन कार्यतालिकाका अलावा सरकारले हचुवाका भरमा कुटनीतिक नियोग स्थापना गर्ने निर्णय गरेर नेपालको कुटनीति ओरालो लागेको समाचारलाई आजको नागरिक दैनिकले फ्रन्टपेजमा छापेको छ ।

आजको अन्नपूर्ण पोस्टले बिद्युत आपुर्ती निरन्तर शिर्षकमा कुलमान घिसिङको भनाइसहितको समाचारलाई फ्रन्टपेजमा स्थान दिएको छ । आइजीपी बिबादबारे बहस सुरु भएको समाचार पनि उसको फ्रन्टपेजमा छ ।

नयाँ पत्रिका, गोखरापत्र दैनिक लगायतले निर्वाचन कार्यतालिकाबारेको समाचारलाईनै फ्रन्टपेजमा छापेका छन् ।
6
1
5
2
4
3