दूताबास आउँने भए पछि, स्पेनबासी नेपालीहरु के भन्छन् ?


  • वसन्त रानाभाट/ बार्सिलोना

स्पेनमा नेपाली दूताबास स्थापना गर्ने सरकारको निर्णय पछि स्पेनबासी नेपालीहरु उत्साहित बनेका छन्। करिव एक दशक अगाडी देखि स्पेनबासी नेपालीहरुको राख्दै आएको प्रमुख मागलाई सरकारले सम्बोधन गरे पछि नेपालीहरु उत्साहित बनेका हुन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दूतावास खोल्ने निर्णय गर्दै भरत रायमाझीलाई राजदूतमा सिफारिस गरेको खबर सुने पछि स्पेनमा खुशीयाली छाएको छ।

बिगत एक दशक देखि यहाँ स्थित नेपालीहरुले बिभिन्न समस्याहरु झेल्नु परेको भन्दै दूताबास स्थापनाको माग गर्दै आएका थिए। गैर आबासीय नेपाली संघ (एनआरएनए) लगायत स्पेन स्थित राजनीतिक,क्षेत्रीय,जातीय संघ सस्था तथा पत्रकारहरुले दूताबासको माग गर्दै पटक पटक सरकारलाई ज्ञापनपत्र बुझाएका थिए । उनीहरुले राष्ट्रपति,प्रधानमन्त्री,परराष्ट्रमन्त्रीदेखि दलका शिर्ष नेताहरुसम्मलाई बिभिन्न समयमा ज्ञापनपत्र बुझाएका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको सरकारले दूताबास स्थापना गर्ने निर्णय गर्दै राजदूत समेत सिफारिस गरे पछि यति बेला स्पेनमा खुशी साटासाट गरिएको छ। पटक – पटक आलोचना खेप्दै आएका परराष्ट्रमन्त्री डा.प्रकाश शरण महतले अन्तत: दूताबास खोल्ने आफ्नो प्रतिबद्दतालाई पुरा गरेका छन्।

उनले स्पेन आउँदा अनाबश्यक ठाउँमा सरकारले खोलेका दूताबास बन्द गरेर भए पनि स्पेनमा खोल्नु पर्ने अभिव्यक्ति दिएका थिए। आँफूले बोलेको कुरा परराष्ट्रमन्त्रालयको जिम्मेबारी सम्हाले पछि पनि पुरा नगरेको भन्दै डा.महतको चर्को आलोचना हुँदै आएको थियो।

-स्पेनमा दूताबास खोल्ने सरकारको निर्णय पछि स्पेन स्थित संघ सँस्थाका प्रतिनिधिहरुसँग हामीले प्रतिक्रिया लिएका छौ।

एकराज गिरी, पर्यटन दूत /आईसीसी सदस्य एनआरएनए

बिगत एक दशक देखि स्पेनबासी नेपालीहरुले राख्दै आएको माग पुरा भएको छ। यसलाई गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद हार्दिक स्वागत गर्दछ। सन् २०१४ मा बार्सिलोनामा सम्पन्न एनआरएनको सातौ युरोपेली क्षेत्रीय बैठक तथा पाँचौ महिला सम्मेलनबाट नै स्पेनमा नेपाली दूताबास स्थापना गर्न पहल गर्ने भनेर घोषणा पत्र जारी गरेको थियो।

एकराज गिरी, पर्यटन दूत /आईसीसी सदस्य एनआरएनए
एकराज गिरी, पर्यटन दूत /आईसीसी सदस्य एनआरएनए

सोही बेला पुर्ब परराष्ट्रमन्त्रीको रुपमा एनआरएनए सम्मेलनमा आउँनु भएका काँग्रेस नेता डा. प्रकाशशरण महतले आज परराष्ट्रमन्त्रीको जिम्मेबारी सम्हाल्दै गर्दा, स्पेनमा दूताबास खोल्ने निर्णय भएको छ यसका लागि धन्यबाद दिन चाहान्छु। स्पेनमा आएर यहाँको समुदायसँग छलफल गर्नु भएका डा. महतले गरेको प्रयासलाई मुक्तकण्ठले प्रशँसा गर्दै अब छिट्टै निर्णय कार्यान्वयन तर्फ लैजान परराष्ट्र मन्त्रालयलाई अनुरोध समेत गर्दछु।

दूताबास स्थापनाले १० हजार भन्दा बढी नेपालीहरु बसोबास गर्ने स्पेनबासी नेपालीहरुको समस्यालाई सम्बोधन हुनुका साथै दुई मुलुक बीचको कुटनीतिक सम्बन्ध प्रगाढ हुनेमा हाम्रो पूर्ण बिश्वास रहेको छ।

मुक्त बहादुर गुरुङ, अध्यक्ष एनआरएनए स्पेन

स्पेनमा दूताबास स्थापना गर्ने सरकारको निर्णयलाई गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेन हार्दिक स्वागत गर्दछ। सबै नेपाली समुदायको सामुहिक प्रयासबाट नै यो सम्भव भएको हो। बिभिन्न संघ सँस्था लगायत स्पेनबाट सशक्त रुपमा कलम चलाउँने पत्रकारहरु प्रति म आभार प्रकट गर्न चाहन्छु।

मुक्त बहादुर गुरुङ, अध्यक्ष एनआरएनए स्पेन
मुक्त बहादुर गुरुङ, अध्यक्ष एनआरएनए स्पेन

अब छिट्टै एनआरएनए स्पेनले सबै संघ संस्था लगयात स्पेनबासी नेपाली समुदाय माँझ संयुक्त रुपमा सरकारको निर्णयलाई स्वागत गर्दै छ। साथै संघले सरकारी निर्णयलाई छिट्टै कार्यान्वयन गराउँनका लागि नीति योजना सहित कसरी अघि बढ्ने बिषयमा सर्बपक्षिय छलफल गर्ने छ।

बिभिन्न कालखण्डमा गैर आबासीय नेपाली संघले दूताबासको मुद्दालाई जोडदार रुपमा उठाउँदै आएको स्मरण गर्दै अझ आँफू संघको जिम्मेबारीमा रहेको बेला निर्णय हुँदा बढि खुशी तुल्याएको छ। अन्त्यमा दूताबासको माग स्पेनको साँझा मुद्दा थियो, यो सबैको साझा प्रयासबाट नै सम्भव भएकोमा सबैलाई धन्यबाद दिन चाहान्छु।

दीपक खरेल ,पर्यटन दूत/पुर्ब आईसीसी सदस्य,एनआरएनए

स्पेनमा दूताबास चाहिन्छ भन्ने अभियानमा कहिँ न कतै आँफू जोडिन पाउँदा धेरै खुशी लागेको छ। राष्ट्रपति देखि प्रधानमन्त्री समक्ष ज्ञापनपत्र लिएर धाउँदा, सधैँ सकरात्मक छौ भन्ने मात्र जबाफ लिएर फर्कदा, ठुलो निराशा जागेको थियो। तर सरकारको निर्णयले सबै ति निराशाहरुलाई एकैछिनमा आशामा बदलेको छ।

दीपक खरेल ,पर्यटन दूत/पुर्ब आईसीसी सदस्य,एनआरएनए
दीपक खरेल ,पर्यटन दूत/पुर्ब आईसीसी सदस्य,एनआरएनए

अब स्पेन बस्ने प्रत्येक नेपालीहरुलाई सरकारले जिम्मेबारी पनि थपिदिएको छ। करौडौ रकम खर्च गरेर यहाँ दूताबास खोल्ने भए पछि,अब हामीले पनि देशलाई कसरी फाईदा पुर्याउँन सकिएला भन्ने बारे सोच्न जरूरी छ। मुख्यत: स्पेनवाट औसत बर्षेनि १२ हजार पर्यटक नेपाल पुग्ने गरेका छन्,अब यसलाई दूताबाससँगको सहकार्यमा दोब्बर बनाउँन प्रयास थाल्नु पर्छ। यो अलवा लगानी,ब्यापार,स्वास्थ्य,खेलकुद आदि क्षेत्रमा पनि दुई देशबिच सम्बन्ध स्थापित हुनेमा बिश्वस्त छौ।

चिन्तामणी सापकोटा,पर्यटन दूत/सँस्थापक अध्यक्ष, नेपाली जनसम्पर्क समिति

स्पेनमा वा पोर्चुगलमा दूताबास राख्ने बिषयमा पछिल्लो समयमा गम्भिर छलफल भएकै हो। अन्त्यमा स्पेनमा दूताबास स्थापनाको निर्णय सरकारले गरेको छ, यसमा पूर्ण आशाबादी नै थिए। म्याड्रिडमा दूताबास हुँदा दुवै देश (पोर्चुगल/स्पेन) लाई दुरीले बराबर जस्तै हो। स्पेनको बाक्लो समुदाय रहेको बार्सिलोनाबाट र लिस्बनबाट म्याड्रिड पुग्नु लगभग बराबर जस्तै हो। यसले दुवै मुलुकमा बस्ने नेपालीलाई फाईदा गरेको छ।

चिन्तामणी सापकोटा,पर्यटन दूत/सँस्थापक अध्यक्ष, नेपाली जनसम्पर्क समिति
चिन्तामणी सापकोटा,पर्यटन दूत/सँस्थापक अध्यक्ष, नेपाली जनसम्पर्क समिति

स्पेनमा दूताबास स्थापनाले दुवै मुलुकका नेपालीहरुलाई पक्कै पनि सहज बनाउँने छ। अहिले पोर्चुगलमा धेरै नेपालीहरु छन् समस्याहरु धेरै होलान्। तर सधै नेपालीको संख्या त्यति नै नै रहन्छ भन्ने छैन। पोर्चुगलमा पासपोर्ट बने पछि नेपालीहरु अन्य मुलूकमा जाने क्रम ज्यादै बढ्दो छ ,तर स्पेनमा आएर बसे पछि प्राय: नेपाली बाहिरिएको पाईदैन। निकै पछि सम्मको सोचेर सरकारले निर्णय लिएको छ। यसले दुवै देशका नेपालीहरु खुशी हुनु पर्दछ।

दिर्घकालिन सोचका साथ स्पेनमा दूताबास खोल्ने सरकारको निर्णय स्वागत योग्य छ।यसले पर्यटन क्षेत्रको विकासमा पनि ठुलो सहयोग मिल्ने आशा जगाएको छ। साथै दिल्लीमा नेपालीहरुले भोग्ने समस्याहरुलाई पनि सम्बोधन गर्न सजिलो हुने बिश्वास छ।

शालिकराम डुम्रे,अध्यक्ष नेपाली जनसम्पर्क समिति स्पेन

नेपाली जनसम्पर्क समितिले बिगत सन् २००७ साल देखि उठाउँदै आएको मुद्दा आज आएर सम्बोधन हुँदा हामी धेरै खुशी छौ। काँग्रेस नेता डा. प्रकाश शरण महत परराष्ट्रमन्त्री हुँदा यो निर्णय हुनुले अझ झनै उत्साहित बनाएको छ।

सरकारलाई निर्णय गराउँन जसरी लागि परेका थियौ अब यसलाई कार्यान्वन गराउँन पनि कुनै कसर बाँकी राख्ने छैनौ। सन् २०१४ मा नेपाली जनसम्पर्क समिति स्पेनले डा. महतलाई राखेर अन्तरक्रिया गराउँदा, दूताबास खोल्ने निर्णयमा ठुलो भूमिका खेलेको हाम्रो ठम्माई छ। गत साता मात्रै युरोप भ्रमण आउँनु भएका डा. महतलाई अझ स्पेनको अबस्था बारे खुलेर बुझाउँने अबसर पायौ यसले पनि निर्णयका लागि ठुलो सहयोग मिलेको छ।

शालिकराम डुम्रे,अध्यक्ष नेपाली जनसम्पर्क समिति स्पेन
शालिकराम डुम्रे,अध्यक्ष नेपाली जनसम्पर्क समिति स्पेन

अब दूताबास स्थापनाको निर्णय भए पछि अझ फराकिलो ढंगले हेर्नु पर्दछ। नेपालबाट सिधै स्पेनमा रोजगारीको बाटो सृजना गर्ने,दुई मुलुकबीच ब्यापार सम्बन्ध बढाउँने तथा नेपालमा पर्यटन क्षेत्रको बिकासलाई कसरी बढाउँने भन्ने बारे फराकिलो सोच राख्न जरुरी छ। यसको लागि पनि नेपाली जनसम्पर्क समिति स्पेनले आफ्नो ठाउँबाट पहल गर्ने छ।

दिनेश गुरुङ, अध्यक्ष,प्रबासी नेपाली मञ्च स्पेन :-

स्पेनमा नेपाली दूताबास स्थापना गर्ने सरकारको निर्णयलाई मञ्चले हार्दिकताका साथ स्वागत गर्दछ। बर्षौ देखि स्पेनबासी नेपालीहरुले राख्दै आएको मागलाई सरकारले अहिले आएर सम्बोधन गरेको छ। बिभिन्न कालखण्डमा आ-आफ्नो तर्फबाट प्रयास थाल्ने अभियन्ताहरु यसका भागिदार हुनुहुन्छ।

स्पेनको नेपाली समुदायले लामो समय सम्म दूताबासका लागि सरकार सकारात्मक भन्ने मात्र जबाफ पाएको थियो तर अहिले आएर साञ्चिकै दूताबास खोल्ने अबस्थामा पुग्दा सामाजिक भाबले लाग्ने सबैलाई खुशी तुल्याएको छ।

दिनेश गुरुङ, अध्यक्ष,प्रबासी नेपाली मञ्च स्पेन
दिनेश गुरुङ, अध्यक्ष,प्रबासी नेपाली मञ्च स्पेन

एउटा ब्यक्ति वा सँस्था लागेर मात्र यो सम्भव हुने बिषय नै हैन,पछिल्लो समयमा यस मुद्दाले मिडियामा राम्रो स्थान पायो। बिषय गरी स्पेनवाट कलम चलाउँने पत्रकारहरुले खुलेर मुद्दालाई उठाए,यसले पनि निर्णय गर्न झनै दबाब सृजना गरेको महशुस भएको छ।

बिभिन्न समयमा भएका अथक प्रयासलाई हामी सबैले सम्मान गर्नु पर्छ। अब झन् दूताबाससँग सहकार्य गर्दै दुई मुलुकलाई हित हुने गरी सबैले आ-आफ्नो जिम्मेबारी निभाउँन जरूरी देखिन्छ।

रमेश आशिकी पौडेल,उपाध्यक्ष नेपाली जनप्रगतीशिल मञ्च स्पेन

नेपाली जनप्रगतीशिल मञ्च स्पेनले आफ्नो स्थापनाकाल देखि नै दूताबासको माग गर्दै सरकारको ढोका घच्चघचाउने काम काम गरेको छ। अहिले आएर पुष्प कमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा,सोही मन्त्रीपरिषदबाट दूताबासको निर्णय हुँदा ठुलो युद्द जितेको भान भएको छ।

रमेश आशिकी पौडेल,उपाध्यक्ष नेपाली जनप्रगतीशिल मञ्च स्पेन
रमेश आशिकी पौडेल,उपाध्यक्ष नेपाली जनप्रगतीशिल मञ्च स्पेन

नेपाली जनप्रगतिशील मञ्च युरोपले बैठकवाट निर्णय नै गरेर स्पेनमा दूताबास स्थापना गर्न सरकारलाई दबाब दिएको स्मरण गर्दै हाम्रो प्रयासमा साथ दिने सबै प्रति आभार प्रकट गर्न चाहान्छु। स्पेनबासी सबै नेपालीहरुको चाहानालाई अहिलेको सरकारले सम्बोधन गरेको छ,यसले झन् प्रफुल्लित बनाएको छ।

हाम्रो संगठनका अध्यक्ष लगायत सबै जना पछिल्लो समय नेपालमा फोन बार्ता र दबाबका लागि ब्यस्त भयौ। सबैले आ-आफ्नो ठाउँबाट गरिएको प्रयासले नै यो सम्भव भएको हो। प्रचण्ड सरकार स्पेनबासी नेपालीहरुको सधैँ मनमा नै रहने छ किनकी बर्षौ देखिको हाम्रो मागलाई सम्बोधन गरेको छ,अब यसलाई कार्यान्वयन गराउँन पनि हामी लागि पर्ने छौ।