ल हेरौ आजका दैनिक पत्रपत्रिकाको फ्रन्टपेज


आज सोमबार काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रपत्रिकाको फ्रन्टपेजमा सरकारले आज स्थानीय निर्वाचनको मिति घोषणा गर्ने समाचारलाई स्थान दिएका छन् ।

यससँगै पूर्वाधार सम्मेलनमा भारतीय रेलमन्त्री सुरेश प्रभाकर प्रभुले दिल्ली र कोलकताबाट काठमाडौंमा रेल ल्याउने प्रस्ताव गरेको समाचारलाई खास महत्व दिएको नयाँ पत्रिका दैनिकले ट्यांकर चालकको हडतालले इन्धन अभाव भएको समाचारलाई फ्रन्टपेजमा छापेको छ ।

अन्नपूर्ण पोस्ट् दैनिकले ‘पूर्वाधार विकासमा निजी क्षेत्रको आस’ शीर्षकको समाचारलाई महत्व दिएको छ ।

मधेसी मोर्चा पर्ख र हेरको रणनीतिमा भएको समाचारलाई राजधानी दैनिकले प्राथमिकताका साथ छापेको छ ।

नागरिक दैनिकको फ्रन्टपेजमा सहमतिमा ‘लिभिङ टुगेदर’, सम्बन्ध बिग्रिएपछि बलात्कार ! हुने गरेको समाचारले महत्व पाएको छ ।

कुवेतमा ५ नेपालीलाई मृत्युदण्ड सुनाइएको समाचारलाई कान्तिपुर दैनिकले फ्रन्टपेजमा प्रकाशित गरेको छ ।

भारतले पूर्वाधार विकासका लागि साढे ३६ अर्ब ऋण दिने समाचारलाई महत्व दिएको गोरखापत्र दैनिकले डेढ प्रतिशत थ्रेस होल्डको प्रस्ताव भएको समाचारलाई एङ्कर बनाएको छ ।

प्रधानमन्त्री उद्घाटनमा व्यस्त भएकोलाई मुख्य समाचार बनाएको नेपाल समाचारपत्र दैनिकले राजधानीमा प्रदूषण बढेको समाचारलाई फ्रन्टपेजमा स्थान दिएको छ ।
1
7
2
6
3
5
4