ल हेरौ आजका प्रकाशित दैनिक पत्रिकाको फ्रन्टपेज


आज आइतबार काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रिकाले प्रधानमन्त्री पुष्पकमल दाहाल र मधेसी मोर्चाका नेताबीच वैठकमै चर्काचर्की भएको समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् । सरकार र मोर्चाबीच कुरा नमिल्दा निर्वाचन मिति घोषणा पनि अनिश्चित बनेको छ । प्रधानमन्त्री दाहालले आज स्थानीय निर्वाचनको मिति घोषणा हुने बताएका थिए ।

यससँगै राप्रपामा नेतृत्वको लागि रस्साकस्सी भएको समाचारलाई नयाँ पत्रिका दैनिकले महत्व दिएको छ । त्यस्तै त्रिभुवन अन्तर्राराष्ट्रिय विमानस्थलमा चरा धपाउन पाँच जना सिकारी राखिएको समाचारले फ्रन्टपेजमा स्थान पाएको छ ।

गोरखाका विद्यालयमा विद्यार्थी नभएको समाचारलाई अन्नपूर्ण पोस्ट् दैनिकले महत्वका साथ छापेको छ ।

‘स्वास्थ्यमन्त्रीको बाटो सचिवले छेकेको’लाई मुख्य समाचार बनाएको नागरिक दैनिकमा नेपाल वायु सेवा निगमलाई कर्मचारी सञ्चय कोषले २५ अर्ब रुपैयाँ ऋण दिएको समाचारले प्राथमिकता पाएको छ ।

राजधानी दैनिकले आफ्नै पसलमा काम गर्ने युवतीले साहुलाई अपहरण गरी फिरौती लिएर फरार भएको समाचारलाई महत्व दिएको छ ।

जेनरिक नाममा औषधि सिफारिस गरे सस्तो पर्ने समाचारलाई कान्तिरपु दैनिकले प्राथमिकता दिएको छ ।

गोरखापत्र दैनिकले संविधान कार्यान्वयन गर्न निर्वाचन अनिवार्य भएको बताएको समाचारलाई फ्रन्टपेजमा महत्वका साथ प्रकाशित गरेको छ ।
1
5
2
4
3