जनसम्पर्क समिति स्पेनको पाँचौ अधिबेशन, मार्च १२ तारिख हुने बारे सूचना


नेपाली जनसम्पर्क समिति स्पेनको पाँचौ अधिबेशन आगामी मार्च १२ तारिख आईतबार हुन लागेको यसै सूचना मार्फत  जानकारी गराउँदछौ। अधिबेशन सम्पन्न गर्नका लागि समितिका संस्थापक अध्यक्ष चिन्तामणि सापकोटाको संयोजकत्वमा निर्बाचन समिति गठन गर्दै तयारी थालिएको छ। साथै बिभिन्न तयारी समितिहरु गठन गरिएको समेत जानकारी गराउँदछौ। साथै अधिबेशनका लागि निर्बाचन प्रक्रिया बारेको पूर्ण बिबरण निर्बाचन समितिले छिट्टै प्रकाशित गर्ने जानकारी पनि यसै सूचना मार्फत जानकारी गराउँछौ।

  • निर्बाचन संयोजक :- चिन्तामणी सापकोटा,सदस्यहरु :- रामु चालिसे,प्रेम सापकोटा
  • समन्वय समिति संयोजक – शालिकराम डुम्रे
  • स्वयंसेवक संयोजक – बिनोद लामिछाने
  • हल ब्यबस्थापन :- बिराज शर्मा
  • अतिथि सत्कार एबम् ब्याच बितरण :- मुकेश क्षेत्री

अधिबेशन बारे थप जानकारी

  • मिति :- मार्च १२ तारिख आईतबार
  • समय :- बिहान ११  बजे
  • स्थान:- हिमाली रेष्टुरेष्ट नजिकैको हल (Carrer Mila i Fontanals 60, Barcelona, 08012 )

राजु थापा
महामन्त्री, नेपाली जनसम्पर्क समिति स्पेन