पत्रकार महासंघ कास्कीको अध्यक्षमा दिपेन्द्र श्रेष्ठ निर्वाचित


पोखरा -पत्रकार महासंघ कास्कीको अध्यक्षमा दिपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । महासंघ कास्कीको १० औं अधिवेशन अन्तर्गत शुक्रवार साझ सम्पन्न मतगणना अनुसार श्रेष्ठले प्रतिद्धन्दी रमेश पौडेललाई २२ मत अन्तरले पराजित गरेका हुन् ।

बाम गठबन्धनको नेतृत्व गरेका प्रेस चौतारी तर्फका उमेदवार श्रेष्ठले १५५ मत प्राप्त गरी आगामी तीन वर्षे कार्यकालको लागि अध्यक्षमा निर्वाचित भएका हुन् । स्वतन्त्र पत्रकार संघसँग गठबन्धन गरी मैदानमा उत्रिएका प्रेस युनियन तर्फका उमेदवार पौडेलको पक्षमा १३३ मत परेको निर्वाचन समितिले जनाएको छ ।

महासंघको खुल्ला उपाध्यक्षमा त्रिभुवन पौडेल विजयी भए । उनले १७९ मत ल्याएका छन् । पराजित यदुनाथ बंजाराले ११० मत ल्याए । पौडेल प्रेस सेन्टरका हुन् भने बञ्जारा प्रेस युनियनका हुन् ।

महिला उपाध्यक्ष महिलामा प्रेस युनियन तर्फकी उमेदवार बिमला भण्डारी विजयी भइन् । उनले १३८ मत प्राप्त गरी निर्वाचित हुदा निकटमतम् प्रतिष्पर्धी स्मीता अधिकारीले १२५ र ईश्वरी पौडेलले २१ मत प्राप्त गरिन् । पौडेलको स्वतन्त्र उम्मेदवारी परेको थियो ।

त्यस्तै सचिवमा १५० ल्याउँदै रामप्रसाद तिमिल्सेना निर्वाचित भएका छन् । उनले बासुदेव मिश्रलाई पराजित गरेका हुन् । मिश्रले १३२ मत प्राप्त गरे । सहसचिवमा दीननाथ बराल विजयी भए । उनले १६२ मत ल्याउँदाका निकटतम् प्रतिष्पर्धी फडिन्द्र अकिंचनले १२१ मत ल्याएका छन् ।

सहसचिव समावेशीतर्फ दीपक परियार विजयी भए । उनले १६७ मत ल्याउँदा उनका प्रतिष्पर्धी भूपाल गुरुङले ११० मत ल्याए । कोषाध्यक्षमा सञ्जय मल्लले १४७ मत ल्याउँदै विजयी हुँदा पराजित बसन्तराज अधिकारीले १३४ मत ल्याएका छन् ।

८ खुल्ला तर्फको सदस्यमा सुरेन्द्र पौडेल १८५, रञ्जन अधिकारी १८०, एकराज गिरी १७४, कृष्ण दवाडी १६७, मनोज घर्तीमगर १५८, कमल पौडेल ‘अथक’ १४८, प्रकाश ढकाल १३१ र सुरज श्रेष्ठ १२८ मत सहित जीत हात पार्नसफल भए । सदस्यमा विजयीमध्ये अथक र ढकाल प्रेस युनियन प्यानलबाट विजयी भएका हुन् ।

समावेशी सदस्य तर्फ जनजातिमा गीता रानामगर विजयी भए । उनले १५९ मत ल्याएका छन् । शिलादेवी गुरुङले ११३ मत ल्याइन् । सदस्य समावेशी महिलातर्फ उमा आलेमगरले १६४ मत ल्याउँदै विजयी भइन् । पराजित ज्योति हमालले १०९ मत ल्याइन् । विजयी गीता र उमा चौतारी प्यानल हुन् ।

यसअघि समावेशी अल्पसंख्यकतर्फ जैनव खातुन र दलिततर्फ रेम बिक निर्विरोध भएका थिए ।