स्पेनमा राजाका बहिनी ज्वाईंलाई, भ्रष्टाचारी ठहर गर्दै जेल सजाय


स्पेन/ दरबार संगको सम्बन्धलाई दुरुपयोग गर्दै भ्रष्टचार गरेको प्रमाण भेटिए पछि स्पेनका राजा फिलिप छैठौंका बहिनी ज्वाईं इनाकी उर्दगारिनलाई अदालतले जेल सजाय सुनाएको छ। ५१ बर्षिया राजकुमारी बहिनी क्रिस्चिनाका ४९ बर्षिया लोग्ने इनाकीलाई  अदालतले भ्रष्टाचारी ठहर गर्दै ६ बर्ष ३ महिनाको जेल सजाय तोकेको हो। उनि बिश्वबिख्यात ह्याण्डबल खेलाडी पनि हुन्।

राज्यबाट खेलको बिकासको नाममा रकम निकालेर राजकुमारीलाई महंगा कपडा किन्नमा खर्च गरेको प्रमाण भेटीएपछि अदालतले ६ लाख युरो नगद सहित जेल सजाय तोकेको हो। पाल्मा मायोर्का टापुका न्यायाधिशले सुनाएको फैसलामा लोग्नेको पैसा जानीबुझी निजि काममा खर्च गरेको आरोपमा राजकुमारीले पनि २ लाख ६५ हजार युरोप दण्ड तिर्नु पर्ने फैसला तोकेको छ। उनलाई भने अदालतले जेल सजाय तोकेको छैन। २०१४ देखि चलिरहेको यो मुद्धाको फैसला भएपछि राजाका ज्वाईं राजीखुशी जेल जना नमाने प्रहरीले समातेर जेल भित्र हाल्ने छ।