उड्ययन प्रतिवन्ध हटाउन, यूरोपियन कमिसनका अध्यक्षसँग परराष्ट्रमन्त्रीको आग्रह


परराष्ट्रमन्त्री डा.महत युरोपियन कमिसनका अध्यक्ष जुकरसँग भेट गर्दै

बार्सिलोना। परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले युरोपियन कमिसनका अध्यक्ष जीन क्लाउड जुकरसँग बुधबार ब्रसेल्समा भेट गरेका छन् । भेटका अवसरमा नेपालको विकास प्रयासमा यूरोपियन यूनियनले गरेको सहयोगको परराष्ट्रमन्त्री डा. महतले प्रशंसा गरेका थिए ।

यूरोपियन यूनियनको नेपाल मिसनद्वारा जारी विज्ञप्ति अनुसार पूर्वाधार निर्माण र सीप विकासको क्षेत्रमा सहायता बढाउन डा. महतले आग्रह गरेका छन् । उनले भुकम्पपछिको पुननिर्माणका लािग पनि थप सहयोग गर्न आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ ।

युरोपियन कमिसनका अध्यक्ष जुकरले नेपाललाई सहयोग जारी रहने प्रतिवद्धता जनाउनुका साथै आग्रह गरिएका क्षेत्रमा सहायता तथा समन्वय वृद्धिका लागि इयुले विचार गर्ने बताए ।16722446_10154755070072529_7440214411502181538_oपरराष्ट्रमन्त्री महतले उड्ययन सुरक्षामा नेपालले गरेको प्रगतिलाई उद्वृत गर्दै नेपाली एयरलाइन्समाथि इयूले लगाएको प्रतिवन्ध हटाउन अनुरोध गरेका थिए । यसलाई तथ्यका आधारमा सकारात्मक ढंगले हेरिने जवाफ अध्यक्ष जुकरले दिएका छन् ।

बुधबार नै यसअघि परराष्ट्र मन्त्री डा. महतले युरोपियन कमिसनका उपाध्यक्ष फेदेरिका मोगहेरेनीसँग पनि भेटबार्ता गरेका थिए। भेटवार्ताका क्रममा नेपाली भ्रमण टोलीसँगै युरोपियन युनियन तथा बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापा पनि सहभागी थिए ।

तस्बिर स्रोत :- यूरोपियन यूनियनको नेपाल मिसन

परराष्ट्र मन्त्री डा. महत र  युरोपियन कमिसनका उपाध्यक्ष फेदेरिका मोगहेरेनीबीच भेटबार्ता
परराष्ट्र मन्त्री डा. महत र युरोपियन कमिसनका उपाध्यक्ष फेदेरिका मोगहेरेनीबीच भेटबार्ता