ल हेरौ आजका पत्रपत्रिकाको फ्रन्टपेज


निर्वाचन आयोगले प्रस्ताव गरेको मिति- जेठ १ र २१ गते स्थानीय चुनाव गर्नेबारे प्रमुख तीन दलबीच सहमति भएको र चुनावको मिति औपचारिक रुपमा फागुन ८ गते घोषणा हुने समाचारलाई बिहीबार काठमाडौंबाट प्रकाशित सबै दैनिक पत्रपत्रिकाहरुले फ्रन्टपेजमा स्थान दिएका छन् । त्यस्तै, प्रमुख दलका शीर्ष नेताबीच फागुन १४ गते नै स्ववियु निर्वाचन गराउने समझदारी भएको समाचारलाई पनि अधिकांश दैनिक पत्रिकाले फ्रन्टपेजमै छापेका छन् ।

यससँगै नयाँ पत्रिका दैनिकले डडेलधुरमा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको समाचारलाई महत्व दिएको छ । त्यस्तै अधिवेशनअघि नै राप्रपा अध्यक्षमा कमल थापा सर्वसम्मत भएको समाचारले पनि फ्रन्टपेजमा स्थान पाएको छ ।

नेपाल प्रहरीको नेतृत्व प्राविधिकको हातमा पुग्नु सरकारको असफलता भएको भन्दै मुख्य समाचार छापेको अन्नपूर्ण पोस्ट् दैनिकले संविधान संशोधनमा एमाले अध्यक्ष केपी ओली लचक भएको समाचारलाई प्राथमिकता दिएको छ ।

कान्तिपुर दैनिकको फ्रन्टपेजमा अब लेनदेनको कागज वडा कार्यालयले प्रमाणित गर्नुपर्ने समाचार छापिएको छ ।

पिच गरेको एक महिनामै सडक भत्काइएकोलाई मुख्य समाचार बनाएको नागरिक दैनिकले दक्षिणपूर्वी एसिया मानव तस्करीका लागि ट्रान्जिट बन्दै गएको समाचारलाई खास महत्व दिएको छ ।

राजधानी दैनिकले नेपाल चीन सैन्य अभ्यासको मोडालिटी तयार पारिँदै गरेको समाचारलाई फ्रन्टपेजमा छापेको छ ।

राजनीतिक निकास दिन प्रधानमन्त्री पुष्पकमल दाहालले संकल्प गरेको समाचारलाई महत्व दिएको गोरखापत्र दैनिकले अनलाइन श्रमस्वीकृतिले राहत नभएको समाचारलाई एंकर बनाएको छ ।

सार्कका लागि आतंकवाद अन्त्य गर्नुपर्ने विज्ञहरुको सुझावलाई नेपाल समाचारपत्र दैनिकले फ्रन्टपेजमा स्थान दिएको छ ।
1
7
6
2
3
4
5