च्याम्पियन्स लिगमा बार्सीलोनाको लज्जास्पद हार


च्याम्पियन्स लिगअन्तर्गत नकआउट चरणको पहिलो लेगमा बार्सीलोना फुटबल क्लवले लज्जास्पद हार ब्यहोरेको छ। मंगलबार भएको खेलमा पेरिस सेन्ट जर्मन (पिएसजी) सँग ४–० ले पराजित हुँदै लजास्पद हार ब्यहोरेको हो। च्याम्पियन्स लिगमा ४ गोलको स्पष्ट अन्तरले पराजित भएको बार्सिलोनाको पहिलो घटना हो।

जितका लागि अर्जेन्टिनाका एन्जेल डि मारियाले २ गोल गरे भने  उरुग्वेका एडिन्सन काभानी र जर्मनीका युवा विङ्गर जुलियान ड्राक्स्लरले पनि एक -एक गोल गरे। बार्सिलोनाले पहिलो हाफमा २ गोल तथा  र दोस्रो हाफमा पनि २ गोल नै खायो।  डि मारिया र काभानीको फेब्रुअरी १४ मै जन्मदिन हो भने दुबै खेलाडीले जन्मदिनको अबसरमा चमत्कार गरेका छन्।  ।

बार्सिलोनाका तीनै जना स्ट्राइकर लिओनल मेसी, लुइस सुआरेज र नेइमार प्रभावहीन देखिए। गत शुक्रबार चोटग्रस्त भएका डिफेन्डर भिडालको कमी निकै खड्केको थियो। बार्सिलोना सन् २००६–०७ को सिजन अन्तिम पल्ट च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश गर्न असफल भएको थियो भने अहिले पनि त्यही नजिता दोर्याउँने सम्भाबना प्रबल छ।