जनप्रगतिशील मञ्च डेनमार्कको संयोजकमा गौतम


कोपनहेगन/ नेपाली जनप्रगतिशिल मञ्च (एनपिपिएफ) डेनमार्कको संयोजकमा उदयराज गौतम चयन भएका छन् । २२ औं जनयुद्ध दिवसको अवसरमा आइतबार कोपनहेगनमा भएको मञ्चको भेलाले २१ सदस्यीय तेश्रो अधिवेशन आयोजक समिति निर्माण गरेको हो ।

नेकपा (माओवादी केन्द्र) निकटका प्रवासी नेपालीहरुको संस्था एनपिपिएफको मार्च १५ अघिनै तेश्रो अधिवेशन सम्पन्न गर्न बृहत भेलाले आयोजक समिति र १३ सदस्यीय सचिवालय समिति चयन गरेको हो । गौतम एनपिपिएफ डेनमार्कका संस्थापक अध्यक्ष समेत हुन् ।

सचिवालय सदस्यहरुमा गणेश ढकाल, दिपक तिवारी, भानु पोखरेल, रत्न बुढाथोकी,लक्ष्मीप्रसाद कट्टेल, समीर तामाङ, मोहन के.सी, शक्तिराज पाण्डे, सुर्य सापकोटा, महेशकुमार खाती, लीला गौतम (यात्री) र इन्दिरा तिवारी  रहेका छन् ।

भेला आयोजक समितिका सदस्यहरुमा राजेश रेग्मी, सुरज राउत, पूर्णकुमार खत्री, डिमा लामा, लक्ष्मण तिमिल्सिना, आकाश लामा, निमा शेर्पा र उषा लामा रहेका छन् ।  संयोजक गौतमले आयोजक समितिको बैठक बसेर महाधिवेशनको मिति तोकिने जानकारी दिए ।

अधिवेशन उद्घाटनको लागि पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री एवं नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ (प्रकाश) अाउने जनाइएकाे छ । नेता प्रकाश माओवादी केन्द्रका विदेश विभाग प्रमुख समेत हुन् ।

एनपिपिएफ यूरोपका देश भरीको अधिवेशन मार्चभरीमा सक्ने तयारी भैरहेको छ । पोर्चुगलको मार्च ११, बेलायतकाे मार्च १२ र मार्च १९ मा एनपिपिएफ बेल्जियमको ११ औं अधिवेशन हुदैछ । एनपिपिएफ यूरोपस्तरीय अधिवेशन भने मार्च २६ मा स्वीजरल्याडमा हुनेछ । ती सबै कार्यक्रमहरुमा नेता श्रेष्ठ सहभागी हुने बताईएको छ। स्पेन, फ्रान्स, चेक रिपबि्लक, नेदरल्याण्रड, नर्बे ,जर्मनी, इटाली लगायतका देशमा पनि अधिवेशन तथा कार्यक्रमहरु हुँदै छन्।