जनसम्पर्क समिति डेनमार्कमा नयाँ नेतृत्व, सभापतिमा वीरेन्द्र सिंह कार्की विजयी

सबै पदमा भयो निर्वाचन


प्रकाश ढकाल,  कोपनहेगन

कोपनहेगन । जनसम्पर्क समिति डेनमार्कको हालै सम्पन चौथो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । पूर्ण निर्वाचन मार्फत सबै पदहरु चुनिएका हुन् । यो नै सायद कुनै पनि जनसम्पर्क समितिको इतिहासमा यसरी सबै पदमा निर्वाचन गर्नु परेको पहिलो पटक हो ।
आकांक्षीहरु सभापती लगायत सबै पदाधिकारी लगायत सदस्य पदहरुमा दुइ प्यानल भएर निर्वाचनमा होमिएका थिए । एक तर्फको प्यानलको नेतृत्व वीरेन्द्र सिंह कार्कीले गरेका थिए भने अर्को तर्फको नेतृत्व शैलेन्द्र अधिकारीले गरेका थिए ।

कुल १३ पदको लागि भएको निर्वाचनमा  विरेन्द्र सिंह कार्की सभापती सहित उनको प्यानलका ३ सदस्यहरु निर्वाचीत भएका छन् भने अन्य ९ जना पदाधिकारे सहित ९ पदमा निर्वाचीत भएका छन् । मातृपार्टी नेपाली कांग्रेसको गुटगत प्रभाव हालसम्म देखिएको छैन । यो अधिवेशनमा पनि गुटगत प्रभाव नभएको धेरैको बुझाइ छ तर नेतृत्व गर्ने सवालमा व्यक्तिको मात्र टकराव देखिएको हो । किनकि दुवै प्यानलको नेतृत्व गर्नेहरु यसअघी नेपाली कांग्रेस पार्टीमा देखिए जस्तो कुनै गुटगत रुपमा खुलेर लागेका थिएनन ।

 

Screen Shot 2017-02-12 at 18.22.04

सभापती पदमा विजयी वीरेन्द्र सिंह कार्की

 

कांग्रेस नेता रामचन्द्र पौडेलले उद्घाटन गरेको अधिवेशन निकै सफल मानिएको छ । कार्यक्रममा बोल्दै कांग्रेस नेता पौडेलले विदेशमा कमाएको पैसा नेपालमा घर जग्गा मात्र नकिनेर अन्य क्षेत्रमा लगानी गर्न उनले आग्रह गरे ।

निर्वाचन अधिकृत यामलाल सुवेदीले दिएको जानकारी अनुसार निर्वाचन मार्फत निम्न पदहरुमा प्राप्त मत संख्याले विजयी बनेका उम्मेदवारहरु निम्न रहेका छन् । कुल १६५९ सदस्य रहेको जनसम्पर्क समिति डेनमार्कमा निर्वाचनमा ९६४ मत खसेको थियो ।

सभापती: वीरेन्द्र सिंह कार्की (४५६  मत, विजयी )
शैलेन्द्र अधिकारी ( ४४६ मत, पराजीत )
उप-सभापती : नील विक्रम थापा ( ५४९ मत, विजयी )
दिपेन्द्र विस्ट ( ५२० मत, विजयी )
इन्द्र प्रसाद पनेरु ( ३७५ मत, पराजीत  )
महामन्त्री: यादव बस्नेत (४७८ मत विजयी )
राजेन्द्र पौडेल (४०४ पराजीत )
सह-महामन्त्री : कृष्ण गिरि ( ५२४ मत, विजयी )
दिपक रानाभाट ( ३४४ मत पराजीत )
कोषाध्यक्ष : श्याम प्रसाद सुवेदी ( ४८७ मत विजयी )
अनित घताने ( ३५६ मत पराजीत  )

निर्वाचीत सदस्यहरु:

निर्वाचीत सदस्यहरु:  सदिक्षा शर्मा
प्रियंका कार्की
बादल महर्जन
मंजु राना थापा
दिपेन्द्र जोशी
श्रीधर सिलवाल
विजय सापकोटा
सुशील पोख्रेल

सदस्यमा ४०५ मत भन्दा माथि ल्याउने विजयी बनेका छन् ।
यस निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर उप-सभापतीका उम्मेदवार नील विक्रम थापा ‘म्यान अफ इलेक्सन’ बनेका छन् उनले ५४९ मत प्राप्त गरेका छन् ।