अष्ट्रेलियाको संसदीय निर्वाचनमा एक नेपालीको उम्मेदवारी (छापाबाट)


पश्चिम अष्ट्रेलियामा अबको एक महिनापछि हुन लागेको संसदीय निर्वाचनमा एक नेपालीले उम्मेदवारी दिएका छन् ।
अष्ट्रेलियाको राजनीतिक दल ग्रिनको उम्मेदवारको रुपमा भुवन खड्काले उम्मेदवारी दिएका हुन् ।

पश्चिम अष्ट्रेलियामा मार्च ११ मा संसदीय निर्वाचन हुदै छ । विद्यार्थी भिसामा सन् २००८ मा अष्ट्रेलिया आएका खड्का संसदीय निर्वाचनमा उम्मेदवारी दिने पहिलो नेपाली हुन् ।

मैले सफलता पाउँछु पाउँदिन यो हयाँका जनताले मलाई गर्ने विश्वासमा भर पर्छ, विद्यार्थीको रुपमा आएको नेपाली युवाले निर्वाचनमा उम्मेदवार बन्नु ठूलो सफलता हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।