काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल युरोप प्रस्थान


नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल युरोप प्रस्थान गरेका छन् । डेनमार्क नेपाली जनसम्पर्क समितिको अधिवेशनमा भाग लिन उनी आज राति ८ः३० को ओमन एयरमार्फत त्यसतर्फ प्रस्थान गरेका हुन् ।

नेता पौडेलले डेनमार्क जनसम्पर्क समितिको अधिवेशनका साथै नेदरल्याण्ड र बेलायतको जनसम्पर्क समितिको कार्यक्रममासमेत भाग लिने उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । उनी यही फागुन ८ गते स्वदेश फर्कनेछन् ।-रासस