ल हेरौ आजका दैनिक पत्रपत्रिकाको फ्रन्टपेज


आज बुधबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुले स्थानीय निर्वाचनको विषयमा भएका विभिन्न गतिविधिसँगै ठूला दलभित्र बढ्दो अन्तरकलहसम्बन्धी समाचारलाई फ्रन्टपेजमा छापेका छन् ।

संविधान संशोधनमा फेरि संशोधन गर्ने तयारी भएको समाचारलाई अन्नपूर्ण पोस्ट् दैनिकले महत्वका साथ छापेको छ । त्यस्तै, सुन तस्करीका लागि लगेजमै लाखौं डलर विदेश पुर्‍याउने गरेको समाचारले पनि फ्रन्टपेजमा स्थान पाएको छ ।

नयाँ पत्रिका दैनिकले सात महिनामा १५ प्रतिशतमात्रै विकास खर्च भएकोलाई ‘ब्यानर न्यूज’ बनाएको छ । त्यस्तै राप्रपाको ७४ जिल्लामा अधिवेशन सम्पन्न भएको समाचारलाई पनि महत्व दिएको छ ।

निर्वाचन आयोगले जेठ १ र २१ गते निर्वाचन मिति प्रस्ताव गरेको समाचारलाई राजधानी दैनिकले मुख्य समाचार बनाएको छ । त्यस्तै सर्वोच्च अदालतको आदेशबिना कल डिटेल हेर्न नपाएइने समाचारलाई महत्व दिएको राजधानीले ‘नामर्द’ले जन्माएको अपराध शीर्षकको समाचारलाई एंकर बनाएको ।

नागरिक दैनिकले निर्वाचनको विषयमा सत्तारुढ दलभित्र अन्तरकलह बढेको समाचारलाई प्राथमिकता दिएको छ ।

काठमाडौंमा बढ्दो धूलोमैलोसम्बन्धी स्टोरीले कान्तिपुर दैनिकमा प्राथमिकता पाएको छ ।

नेपाल समाचारपत्र दैनिकले आईएसआईका प्रतिनिधि सार्वजनिक भएको समाचारलाई फ्रन्टपेजमा स्थान दिएको छ ।
५
१
४
३
२