मुसहर बस्ती बनाउँन अझै २ करोड ५० लाख अपुग,सहयोगको अपिल


बार्सिलोना/ धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण थालेको एकिकृत नमुना मुसहर बस्ती निर्माण सम्पन्न गर्नका लागि करिव २ करोड ५० लाख रुपैयाँ अपुग देखिएको छ। करिव ४ करोड ७८ लाख रुपैयाको लागतमा बस्ती निर्माण सम्पन्न हुने अपेक्षा राखेको फाउण्डेसनमा हालसम्म २ करोड जम्मा भएकाले बाँकी रकम अपुग देखिएको हो।

मुसहर बस्तीका लागि बिभिन्न संघ संस्था तथा ब्यत्तिहरुबाट १ करोड बराबरको रकम संकलन प्राप्त भएको तथा अघिल्लो परियोजनाबाट बचेको १ करोड सहित हालसम्म दुई  करोड रुपैयाँ रहेको फाउण्डेसनले जनाएको छ। तर बस्ती निर्माणको अझै ७० प्रतिशत काम बाँकी रहेकाले  देश तथा विदेशमा रहेका नेपालीहरुलाई सहयोगको अपिल गरिएको हो।

Screen Shot 2017-02-07 at 17.22.46

निर्माण कार्यमा आर्थिक तथा श्रम दान दिने सहयोगीहरुलाई फाउण्डेसनले धन्यवाद दिदै मुसहर बासीहरुको अनुहारमा खुसी छर्न अझै हातेमालो गर्न जरुरी रहेको बताएको छ। फाउण्डेसनले एक महिना निर्माण कार्यको ३० प्रतिशत काम पुरा गरेको भन्दै पछिल्ला गतिबिधिहरु सहितको भिडियो सार्बजनिक गरेको छ।