अन्तराष्ट्रिय भलिवल प्रतियोगितामा महिलातर्फ एपिएफ र पुलिसको बिजयी शुरुवात


पोखरा-पर्यटकीय नगरी पोखरामा जारी श्रृजना अन्तराष्ट्रिय महिला तथा पुरुष भलिवल प्रतियोगिता अन्र्तगत आईतबारको खेलमा दुई विभागिय टीमले बिजयी शुरुवात गरेका छन् । आईतबार भएको महिला तर्फको खेलमा सशस्त्र प्रहरी वलको एपिएफ क्लब र नेपाल पुलिस क्लबले जित निकाल्दै सुखद शुरुवात गरेका हुन् । जितसँगै दुबैले खातामा ३÷३ अंक बनाएका छन् ।

पोखरा रंगशालामा आईतबार भएको पहिलो खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबले त्रिभुवन आर्मी क्लवलाई ३÷० को सोझो सेटमा पराजित ग¥यो । एपिएफले आर्मीलाई २५–९, २५–१७ र २५–१८ को सेटमा पराजित गर्दै सहज जित निकाल्यो ।

महिला तर्फकै दोश्रो खेलमा नेपाल पुलिस क्लबले भारतको उत्तर प्रदेश भलिवल संघलाई सोझो सेटमै पराजित ग¥यो । पुलिसले भारतको उत्तर प्रदेश भलिवल संघलाई २५–७, २५–२० र २५–१६ को सेटमा पराजित गरेको हो ।

यसअघि आईतबारको खेलको पूर्वमन्त्री किरण गुरुङ्गले रेफ्री विकास गुरुङ्गलाई बल हस्तान्तरण गर्दै खेलको सुरुवात गरेका थिए ।

प्रतियोगिता अन्तर्गत सोमबार चार खेल हुनेछन् । सोमबारको पहिलो खेल महिला तर्फ पूर्वाह्न ९ः३० बजे पश्चिमाञ्चल र सशस्त्र प्रहरी वलको एपिएफ क्लव, दोश्रो खेल ११ः३० बजे पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लव र सशस्त्र प्रहरी वलको एपिएफ क्लव, तेश्रो खेल दिउँसो १ः३० बजे महिलातर्फ न्यू डायमण्ड एकेडेमी र नेपाल प्रहरी तथा चौथो खेल अपराह्न ३ः३० बजे पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लव र सशस्त्र प्रहरी वलको एपिएफ क्लव प्रतिष्पर्धामा उत्रिने क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए ।

पश्चिमाञ्चल क्षेत्रीय भलिवल संघ पोखराको आयोजना तथा क्षेत्रीय खेलकुद विकास समितिको समन्वय, सृजना विकास केन्द्रको संयोजन, नेपाल भलिवल संघको तत्वावधान, कास्की जिल्ला खेलकुद विकास समितिको विशेष सहयोगमा शनिबारदेखी शुरु भएको प्रतियोगिता माघ २९ गतेसम्म सञ्चालन हुनेछ ।