प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट पत्रकार श्रीराम सिग्देललाई सम्मानित


पोखरा- प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट पत्रकार श्रीराम सिग्देललाई सम्मानित भएका छन् । प्रेस चौतारी नेपालको १९ औं वार्षिकोत्सबको अबसरमा आईतवार आयोजित कार्यक्रमका विच उनलाई पुरस्कार प्रदान गरिएको हो ।

प्रेस चौतारीको संस्थागत विकासको साथै प्रेस स्वतन्त्रता, लोकतान्त्रिक आन्दोलन र नागरिक अधिकारको संरक्षणमा योगदान पु¥याएको भन्दै सिग्देललाई पुरस्कृत गरिएको हो । पोखरा उपमहानरपालिका वडा नम्बर २२ आर्बाका सिग्देलले २०५४ सालमा आदर्श समाज दैनिकबाट पत्रकारिता सुरु गरेका थिए ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले सिग्देललाई ११ हजार १ सय ११ रुपैया सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरे । प्रेस स्वतन्त्रा सेनानी तथा अग्रज पत्रकार बद्रीविनोद प्रतीकको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको सिफारिसका आधारमा सिग्देललाई पुरस्कृत गरिएको हो । उनले पुरस्कार वापत प्राप्त गरेको रकम प्रेस चौतरी कल्याणकारी कोषमा हस्तान्तरण गरे ।

सिग्देलले दृष्टि साप्ताहिक, भूगोल साप्ताहिक, भञ्ज्याङ दैनिक, इमेज एफएम, जनमत दैनिक हुँदै हाल फेवा पोस्ट साप्ताहिकका सहसम्पादक पदमा कार्यरत छन् । सिग्देल प्रेस चौतारी कास्कीका पूर्व अध्यक्ष हन् । प्रेस चौतारी कास्कीले सञ्चालन गरेको यो पुरस्कारबाट यसअघि पुण्य पौडेल, माधव शर्मा, नवराज सुवेदी, रुद्रबहादुर थापा, हरि बास्तोला, बद्रीविनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी र निमदत्त सुवेदी सम्मानित भइसकेका छन् ।